नेभिगेशन
सबै कुरा

बाहिरिन थाल्यो नेपालबाट मनसुन

२० असोज, काठमाडौं । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भाग भएर यस वर्षको मनसुन बाहिरिएको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार राति विशेष मौसम बुलेटिन निकालेर नेपालबाट मनसुन बहिर्गमन सुरु भएको जनाएको हो ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिन अझै केही दिन लाग्नेछ । “देशको पश्चिम भेग भएर शुक्रबारबाट मनसुन बाहिरिन सुरु भएको छ । बाँकी भेगमा मनसुन कायमै रहेकाले आगामी तीन दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ”, झाले भने । 

City Express

नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिएको झाले बताए । उनका अनुसार बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भएको न्यूनचापीय क्षेत्रको प्रभावले मनसुन बहिर्गमनमा ढिलाई भएको थियो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख ९जेठ ३१ गते० मनसुन भित्रिएको थियो । नेपालको पूर्वी तथा मध्य भू–भागमा हाल बङ्गलादेश र आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावले बदली र वर्षा गराएको महाशाखाले उल्लेख गरेको छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि आइतबार पनि कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
माओवादी केन्द्रद्वारा पार्टी एकतासम्बन्धी एजेण्डा पारित, बुधबार घोषणा गरिदैं

माओवादी केन्द्रद्वारा पार्टी एकतासम्बन्धी एजेण्डा पारित, बुधबार घोषणा गरिदैं

पार्टीले एकतासम्बन्धी एजेण्डलाई पारित गरेसंगै बुधबार नेकपा एकीकृत समाजवादी लगाएतका दलसंग एकता घोषणा गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
जनार्दन शर्माले घोषणा गरे ‘प्रगतिशील अभियान’

जनार्दन शर्माले घोषणा गरे ‘प्रगतिशील अभियान’

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै शर्माले माओवादी केन्द्रको एकता प्रक्रियाबाट पूर्ण रुपमा अलग हुँदै प्रगतिशील अभियानको घोषणा गरेका हुन् । उनले आफुहरुको अभियान कुनै पार्टी नभएर, विखण्डित वाम...
वैदेशिक रोजगारीको विकल्पमा स्वदेशमै सम्मानजनक रोजगारीका अवसरहरू दिनुपर्छः प्रधानमन्त्री

वैदेशिक रोजगारीको विकल्पमा स्वदेशमै सम्मानजनक रोजगारीका अवसरहरू दिनुपर्छः प्रधानमन्त्री

वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई पारदर्शी, सम्मानजनक बनाउन अपरिहार्य भएको बताएकी हुन ।
गैरकानुनी रुपमा कारागार राखिएकी पदममायालाई क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय

गैरकानुनी रुपमा कारागार राखिएकी पदममायालाई क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलले सो कुराको जानकारी दिएका हुन । कर्तव्य ज्यान मुद्दा ठहर भएकी धनकुटाकी पदममायालाई प्रहरी र कारागारको लापरबाहीका कारण...