नेभिगेशन
सबै कुरा

'प्रधानमन्त्रीले सडकमा शक्तिकाे दम्भ देखाएर जनतालाई सास्ती दिए'

काठमाडाैँ । शुक्रबार दिउँसो १ः३० बजे, नयाँ बसपार्क जाने बस खोज्न जमलमा भौँताइरहेको अवस्थामा भेटिए मिलन श्रेष्ठ । करिब डेढ घण्टादेखि बस पाइन्छ कि भनेर रत्नपार्क, सुन्धारा, जमल ३ पटकसम्म घुमेका उनी बस आउँछन् कि भनेर जमल पुलमाथि चढेर बाटो हेरिरहेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

त्यसको करिब एक सय मिटर दुरीमा प्रधानमन्त्रीको पार्टी नेकपा एमालेले ‘जागरण सभा’ नाम दिएर एक कार्यक्रम आयोजना गरेको थियो । दरबारमार्गमा गरिएको सो कार्यक्रममा जान भद्रकालीबाट सहिद गेट, सुन्धारा, वीर अस्पताल हुँदै जमलको सडक प्रयोग गरिएको थियो । सोही ¥यालीका कारण शुक्रबार करिब ५ घण्टा सो क्षेत्रको यातायात व्यवस्थापन अस्तव्यस्त बन्यो । त्यसको प्रत्यक्ष मारमा पर्ने मध्येका एक थिए मिलन ।

डेढ घण्टादेखि गाडी कुर्दा पनि नपाएपछि उनले प्रधानमन्त्री अध्यक्ष रहेको पार्टी (नेकपा एमाले) ले गरेको कार्यक्रमप्रति आक्रोश पोखे । ‘बाटो नै बन्द गरेर सडकमा र्याली भइरहेको छ । हामीले गाडी नै पाएनौँ,’ उनले थपे, ‘सरकारको प्रधानमन्त्रीले सडक प्रदर्शन गर्ने । यो त पद र शक्तिको दुरुपयोग भयो । उनको दम्भ र घमण्डले जनताले दुःख पायौँ ।’


त्यस्तै उनले प्रधानमन्त्रीले नागरिकलाई सास्ती दिनकै लागि र्याली गरेको बताए । ‘ठिक छ र्याली गर्ने नै भएपनि भोली शनिबार सार्वजनिक बिदा थियो त्यो दिन गरेको भए अलि कम सास्ती हुन्थ्यो,’ श्रेष्ठले थपे, ‘शक्ति देखाउनु नै थियो भने पार्टी कार्यालयमा गर्नु नि, किन दम्भ देखाएर सडकमा जनतालाई सास्ती दिनु !’

मिलनजस्तै जमलमा १ घण्टादेखि गाडी पर्खिएर बसेका थिए राम दुतरात । भोको पेटमा गोकर्ण जाने सार्वजनिक बस कुर्दा कुर्दा हैरानी भोगेका उनी पुराना नेताहरुले सँधै सास्ती दिएको बताए । ‘गाडी कुर्दाकुर्दा हैरान, कहाँ पुग्ने मान्छे अहिलेसम्म यहिँ बस्नुपरेको छ । खानासमेत खाएका छैनौँ,’ दुतराजले थपे, ‘बुढा नेताहरुले सास्ती दिनेभन्दा केही गरेनन् । नयाँ, युवा नेताहरुले केही गर्नुपर्यो ।’

शहिदगेटबाट जमल जानुपर्ने ऋषिराम अर्याललाई विर अस्पताल अघिको सडक हुँदै मोटरसाइकल चलाउन दिइएन । त्यसपछि टेकु, सोह्रखुट्टे, लैनचौर हुँदै जमल पुगेका उनलाई २ मिनेटको दुरी पार गर्न २ घण्टा लागेको बताउँछन् । 


‘कार्यक्रम नै गर्ने भए खुल्लामञ्चमा गर । तर बाटो बाटोमा गरेर जनतालाई सास्ती दिएर के पाइन्छ ? यो रमिता देखाएर के हुन्छ ? यो त जनतालाई शोषण भयो । जनतालाई जताबाट नि चुसेर के पाइन्छ ?’, उनले आक्रोश पोखे ।

सत्तारूढ दल नेकपा एमालेले दरबारमार्गमा प्रदर्शनको गरेपछि काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । सरकारको काम कारबाहीबारे जानकारी दिन नभई विपक्षीलाई आफ्नो तागत देखाउन भन्दै दरबारमार्गको मुल सडकमै स्टेज बनाएर भद्रकालीबाट एमालेले र्याली  निकालेको थियो ।

त्यसैका लागि भन्दै प्रहरीले दरबारमार्ग क्षेत्रको वरपरका सबै सडकमा सवारी साधन चलाउन बिहानै देखि रोक लगाएको थियो । त्यस्को प्रत्यक्ष मारमा नागरिक परे । 

एमालेको सो कार्यक्रममा कारण काठमाडौँको न्युरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरवार लगायत क्षेत्रमा अत्याधिक जाम भएको थियो । सोही कारण बिरामी बोकेको एम्बुलेन्स समेत जाममा लामो समय अड्किएका थिए । 

एमाले बागमति प्रदेश कमिटिले आयोजना गरेको जागरण सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंखर पोखरेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले सरकारले राम्रो काम गरिरहेको, जनतालाई विदेश जानु नपर्ने गरी विकास गरिरहेको दाबी गरेका थिए । 

प्रधानमन्त्री ओलीलले सम्बोधनको अधिकांश समय कम्बोडियामा आफ्नो लगानीबारे दुर्गा प्रसाईंको दाबी झुट भएको भन्नमै खर्च गरेका थिए । उनले सांकेतिक रुपमा माओवादी नेताहरुले आफ्नो आफन्तको नाममा भ्रष्टाचारको सम्पत्ति राखेको पनि भन्न भ्याए ।    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
समयानुकूल र प्रभावकारी कानून मस्यौदा गर्न कानून मन्त्री गौतमको आग्रह

समयानुकूल र प्रभावकारी कानून मस्यौदा गर्न कानून मन्त्री गौतमको आग्रह

बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग आगामी दिनमा आवश्यक पर्ने कानून निर्माणका विषयमा छलफल गर्दै मन्त्री गौतमले प्राथमिकताक्रम...
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान

दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान

भट्ट चैत १९ गते रअग्रवाल चैत २२ गते पक्राउ परेका थिए । भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ रअग्रवाललाई २५ अर्ब ५९ करोड...
जब विश्वकपको ट्रफी नै चोरी भयो…

जब विश्वकपको ट्रफी नै चोरी भयो…

सन् १९२१ देखि १९५४ सम्म फिफाका अध्यक्ष रहेका जुल्स रिमेटले तीन पटक प्रतियोगिता जित्ने टोलीले ट्रफी सधैँका लागि आफ्नो साथमा राख्न पाउने नियम बनाएका थिए । त्यसैले सन्...
विदेशी पीआर लिएका दुई कर्मचारीलाई कारबाही सिफारिस,  अरुको पनि खोजी गरिँदै

विदेशी पीआर लिएका दुई कर्मचारीलाई कारबाही सिफारिस, अरुको पनि खोजी गरिँदै

सूचनाअनुसार मन्त्रालयमा कार्यरत दुई कम्प्युटर अपरेटर अध्ययन र असाधारण बिदा समाप्त भएपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरुले अस्थायी आवासीय अनुमति र  स्थायी आवासीय अनुमति...