नेभिगेशन
सबै कुरा

चन्द्रपुर मेयर कप टि–२० क्रिकेट प्रतियोगिता सुरु,पहिलो खेलमा गौर विजयी

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा प्रथम चन्द्रपुर मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, स्थानिय स्तरमा रहेका क्रिकेटरको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पहिलो पटक पालिकाको सहयोग तथा संघर्ष युवा क्लब, चन्द्रपुर ५ को आयोजनामा टी-२० लीग मेयर कप प्रतियोगिता सुरु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंसिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पालिका अन्तर्गतका रौतहटका ६ वटा पालिका र छिमेकी मुलुक भारतका दुईटीम गरी ८ वटा टीमको सहभागितामा वडा नम्बर ८ स्थित बेतौनामा रहेको कोटीहोम क्रिकेट खेल मैदानमा प्रतियोगिता सुरु गरिएको प्रतियोगिताका संयोजक देवराज कार्कीले बताए ।

Ncell
Extreme Energy

खेलको उद्घाटन गर्दै नगर प्रमुख सञ्जय कुमार काफ्लेले “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाइ आत्मसात गर्दै शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिदै रौतहट फुटबलको मात्र नभई क्रिकेटको समेत उर्वर भूमि हो भन्ने कुरालाई प्रमाणित गर्न पनि यस किसिमका प्रतियोगिताको आयोजना हुन जरुरी रहेको बताए। नगर प्रमुख काफ्लेले नयाँ खेलाडी उत्पादन गर्न समेत सहयोग पुगोस् भन्ने हेतुले मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । 

उद्घाटन खेलमा गौर नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई ४ विकेटले पराजित गर्दै जित निकालेको छ । टस जितेर फिल्डिङ रोजेको गौरले १७।२ ओभरमा ८० रन खर्चेर चन्द्रपुरको सबै बिकेट हात पारेको थियो ।  । ८१ रनको लक्ष्य पाएको गौरले १६.१ ओभरमा ५ विकेटको क्षतिमा जीत निकाल्न सकेको हो ।

गौरको जितमा असाब हुसेनले ४ चौकाको मद्दतमा २३ रनको योगदान गरे । १४ बल खेलेका रियाज शेखले ३ चौकासहित १४ रन जोडे । पहिला ब्याटिङ गर्न मैदानमा आएको चन्द्रपुरले १७.२ ओभरमा ८० रनमै सबै विकेट गुमाएको थियो । चन्द्रपुरका तर्फबाट गौरब खड्काले ३४ बलमा २२ रन जोडेका थिए भने अभिषेक रौनियारले २४ बलको सामना गर्दै १२ रन जोडेका थिए ।

गौरका बलर आषिक बैठाले १४ बल खर्चेर ४ विकेट हात पारेका थिए । त्यस्तै सनि साहले २ विकेट हात पारे । इस्तियाक अली, रोहीत क्षेत्री र रियाज शेखले एकरएक विकेट लिए । खेलमा गौरका बलर आषिक बैठा म्यान अफ द म्याच घोषित गरिएको कार्यक्रम संयोजक कार्कीले दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।