नेभिगेशन
सबै कुरा

परराष्ट्रमन्त्री आरजु राणा चीन प्रस्थान


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छिन् । 

Ncell
Extreme Energy

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले तीन दिन चीनको भ्रमण गर्न लागेकी हुन् । 

भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा राणाले भोलि आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भेटवार्तामा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नेछन् । परराष्ट्रमन्त्री डा राणा मङ्सिर १५ गते स्वदेश फर्कनेछिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।
प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्री बालेन शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् ।
अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब संघीय सरकार अन्तर्गतका सबै निकायका कर्मचारीले महिनामा दुई पटक तलब पाउने भएका छन् । यसको अर्थ कर्मचारीहरुले हरेक १५ दिनमा तलब पाउने छन् ।
सुनको मूल्य स्थिरः चाँदीको घट्यो

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज  छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ...