नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याइएको छ । लामिछानेलाई बुद्ध एयरको साँझ ५ः३० को फ्लाइटमाफर्त काठमाडौँ ल्याइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई काठमाडौँ ल्याइँदा विमानस्थलको सुरक्षा किनै कडा पारिएको थियो । समर्थकहरुलाई गेटमै रोकिएको थियो । उनलाई त्रिभुवन विमानस्थलबाट भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसर लगिएको छ । 

लामिछानेलाई सहकारी ठगीमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । त्यसपछि उनीविरुद्ध संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा समेत अनुसन्धान भईरहेको छ । 

उनलाई कास्की जिल्ला अदालतले ५ पटक म्याद थप गरिसकेको छ । यो बिचमा उनीविरुद्ध रुपन्देही, चितवन र काठमाडौँबाट पनि पक्राउपुर्जी जारी भएको छ । उनलाई रुपन्देही लगेर बयान गराईसकिएको छ भने अहिले काठमाडौँ ल्याउन लागिएको हो । उनलाई काठमाडौँपछि चितवन लैजाने तयारी छ । 

लामिछानेलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न काठमाडौँ ल्याइएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ओलीलाई समवेदना दिदै बालेनले भने, ‘पिताजस्तो देवता कोही छैन, पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ’

ओलीलाई समवेदना दिदै बालेनले भने, ‘पिताजस्तो देवता कोही छैन, पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ’

उनले भने, ‘केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ – पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ। पूर्व प्रधानमन्त्री केपी शर्मा ज्यूलाई पर्न...
नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

एन्फाका महासचिव किरण राईले आज एरिनालाई नियुक्तिपत्र प्रदान गरेका हुन् । उनी दुई साताअघि नै नेपाल आएका थिए । स्वीट्जरल्यान्डमा जन्मिएका एरिना इटालियन नागरिक हुन् । एएफसी प्रो–लाइसेन्स...
इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

यससँगै नेपालमा अनअराइवल भिसा प्राप्त नहुने मुलुकको सङ्ख्या १३ पुगेको अध्यागमन विभागले जनाएको छ । यस्तो भिसा प्राप्त नगर्ने अन्य मुलुकमा नाइजेरिया, गाहाना, जिम्वाबे, स्वीटजरल्यान्ड, क्यामेरुन, सोमालिया, लाइबेरिया,...
धादिङ बस दुर्घटनाको छानबिन कार्यदलले भन्यो, 'दुर्घटनाको कारण ध्यान विचलन र शारिरीक थकान'

धादिङ बस दुर्घटनाको छानबिन कार्यदलले भन्यो, 'दुर्घटनाको कारण ध्यान विचलन र शारिरीक थकान'

गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौँडाबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएपछि...