नेभिगेशन
सबै कुरा

बाढीले तहसनहस पारेको च्यासल रंगशाला (तस्बिरहरु)

काठमाडौँ । दशरथ रंगशालाको विकल्पका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को लगानीमा  स्तरोन्नत्ति गरिएको ललितपुरको च्यासल रंगशाला गत असोज ११ र १२ गरेको अविरल वर्षासँगै आएको बाढीले पूर्ण रुपमा क्षति पुर्याएको छ । अखिल नेपाल फुटबल संघले च्यासलमा टेक्निकल सेन्टरको रुपमा स्थापना गरेको सो टेक्निकल सेन्टरलाई पछि रंगशालाको स्वरुप दिएर बैकल्पिक मैदानका रुपमा स्तरोन्नत्ति गरिएको हो  । राखेपले २०७६ असारमा निर्माण कार्यको शुरुवात गरेको सो रंगशालाको उद्घाटन तत्कालीन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ फागुन १६ गते मंगलबार गरेका थिए ।

डाँफे जेभीले दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे पनि ६ महिनाका दरले ६ पल्ट म्याद थपेर २०७९ असोज अन्तिममा राखेपलाई हस्तान्तरण गरेको सो रंगशाला मनोहरा खोलाको बाढीको चपेटामा परेको छ । भ्याट बाहेक २८ करोडमा निर्माण सम्पन्न गरिएको सो रंगलाशला मनोहरा खोला र बागमतीको संगमबाट करिव १०० मिटरको दूरीमा रहेको च्यासल मैदान मनोहरा खोलाकै किनारमा अवस्थित छ ।  २०७८ भदौ २२ र २०७९ साउन २५ गतेको बाढी रंगशालामा पसेको थियो भने २०८१ असोजको बाढीले भने रंगशाला खेल खेल्ने नहुने गरी क्षति पुर्याएको छ ।

City Express

 राष्ट्रिय खेलकुद परिषद (राखेप)को लगानीमा संचालन  भएको च्यासल रंगशाला स्तरोन्नत्तिको काम पाँच वर्ष लगाएर सकिएको थियो भने यो रंगशाला पुनर्निर्माणका लागि २८ करोड रुपैयाँ (भ्याटबाहेक) खर्च भएको  थियो






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल र बंगलादेशबीच हुने खेलमा एन्फाले १० हजार टिकट बिक्रि गर्ने

नेपाल र बंगलादेशबीच हुने खेलमा एन्फाले १० हजार टिकट बिक्रि गर्ने

बिहीबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै एन्फाले नेपाल र बंगलादेशबीच २१ र २४ भदौमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि सामान्य प्याराफिट तर्फ ९ हजार र भिआइपीतर्फ एक...
साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत नौ अङ्कका साथ पहिलो स्थानमा छभने छ अङ्क लिएर बङ्गलादेश दोस्रो स्थानमा छ । तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ...
साफ यु–१७ महिला च्याम्पियनसिपः नेपाल बङ्गलादेशसँग पराजित

साफ यु–१७ महिला च्याम्पियनसिपः नेपाल बङ्गलादेशसँग पराजित

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशसँग नेपाल ३–० ले पराजित भएको हो । यो जितसँगै तीन खेलमा छ अङ्क जोडेको बङ्गलादेश दोस्रो स्थानमा छ ।