नेभिगेशन
सबै कुरा

एनपीएलमा जनकपुर बोल्ट्सद्वारा कर्णाली याक्स पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा कप्तान अनिलकुमार साहको अद्र्धशतकीय पारीको मद्दतमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ । जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा लगातार विजयी भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि शनिबार सम्पन्न पहिलो खेलमा जनकपुर वोल्ट्स विराटनगर किङ्ग्ससित आठ विकेटले नै विजयी भएको थियो । जितसँगै जनकपुर वोल्ट्स अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । 

Extreme Energy

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ४१ रन बनायो । एक सय ४२ रनको विजयी लक्ष्य जनकपुर वोल्ट्सले १५ दशमलव एक ओभरमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो । जनकपुर वोल्ट्सका लागि कप्तान अनिलकुमार साहले अविजित ६२ रन बनाए । उनले ४२ बल खेल्ने क्रममा तीन छक्का र छ चौका प्रहार गरे । 

यस्तै आशिफ शेखले २९ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३६ रनको योगदान दिए । श्रीलङ्काली खेलाडी लाहिरु मिलन्थाले १३ बल खेल्दै दुई छक्का र दुई चौकासहित २४ रन बनाए । जिमी निशिमले आठ बलमा अविजित १६ रन बनाए । यसमा उनको एक छक्का र दुई चौका सामेल थियो । 

बलिङतर्फ कर्णाली याक्सका लागि जिशम मक्सुद र मौसम ढकालले एक एक विकेट लिए ।  

यसअघि पहिला ब्याटिङ गरेर एक सय ४१ रनको योगफल तयार गर्ने क्रममा कर्णाली याक्सका लागि गुल्सनकुमार झाले २७ बल खेल्दै तीन छक्का र एक चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे । त्यस्तै अर्जुन घर्तीले २२ बलमा दुई चौका र दुई छक्का हान्दै ३३ रन बनाए । यस्तै कप्तान सोमपाल कामीले अविजित २९ रनको योगदान दिए । उनले १३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरे । भारतीय खेलाडी शिखर धवनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए । यस्तै हङकङका बाबर हायातले १२ रन बनाए ।  

बलिङतर्फ जनकपुर वोल्ट्सका लागि पाकिस्तानी खेलाडी मोहम्मद मोहसिन खानले दुई, जिमी निशम, हर्ष ठाकेर, ललितनारायण राजवंशी र किहोर महतोले एक एक विकेट लिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।
श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा एभेन्टर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ ।