नेभिगेशन
सबै कुरा

महानगरको बेरोजगारी समस्यालाई समाधान गर्न यस्तो छ बालेनको योजना

२१ असोज, काठमाडौं । काठमाडौं महानगरले ३ वर्ष भित्र महानगरको बेरोजगारी समस्यालाई  समाधान  गर्ने गरि ‘रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना’ तथा श्रम बैंक स्वर्णिम योजना’ संचालनमा ल्याएको छ। महानगरले सञ्चालन गरेको योजनबारे काठमाडौं महागरका प्रमुख बालेन साहले एक भिडियो सन्देश जारी गर्दै जानकारी दिएका हुन् । 

मेयर साहका अनुसार हरेक बर्ष कम्तिमा १५ हजार जनालार्इ सीपमुलक तालिम दिने र कम्तिमा ५हजार नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ ‘रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना’ ल्याइएको हो । त्यस्तै महानगरमा रहेका दक्ष , अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंक को स्थापना गरि रोजगारीको अवसर बढाउने र  रोजगारदाताहरूलार्इ सिपयुक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित  ‘श्रम बैंक स्वर्णिम योजना’ संचालन मा ल्याइएको हो  । 

Dish Home
Global Ime Bank

महानगर का स्थायी बासिन्दा, महानगरका करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिक हरु श्रम बैंक मा आबद्द हुन सक्ने मेयर साहले जानकारी दिएका छन् । 

महानगरले श्रम बैंक मा आबद्द भएका दक्ष कामदार हरु लाइ अन्तर्वार्ता तयारिका साथ सोझै काम मा लगाउने, अर्धदक्ष जनशक्ति लाइ सिप अभिबृद्धिका लागि तालिम दिई काम मा लगाउने, अदक्ष कामदार हरुलाइ ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि गौरब योजनामार्फत तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरि रोजगार तथा स्वरोजगार सृजना गर्ने महानगर को उद्देश्य रहेको छ । श्रम बैंक मा आबद्द जनशक्तिलाई ३ स्थानहरुमा व्यवस्थापन गरिने महानगरले जनाएको छ । महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएतका क्षेत्र, महानगर जब पोर्टलमार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था , प्राइभेट कम्पनि, संघ संस्था, अन्तरास्ट्रिय संघ संस्था हरु तथा महानगरको श्रम बैंक एप मार्फत पार्ट टाइम जबको रुपमा सबै सेवाहरु घण्टाका आधारमा तथा पटके का रुपमा जुन सुकै काम हरु गर्न मिल्ने व्यवस्था मिलाइने महानगरको भनाई छ । 

महानगरले सबै किसिमका कामदारहरुलाई काम गर्दाका बखत अनिवार्य इन्स्योरेन्स(बिमा) गरिने समेत बताएको छ । त्यस्तै गौरबको योजनामार्फत विभिन्न १५ स्थान हरुमा महानगरको आफ्नै ट्रेनिंग सेन्टर को स्थापना गरि बाह्रै महिना बिहान देखि साँझ सम्म रेगुलर तालिम संचालन गरिनेछ भने महानगरले बजार मुखी पाठ्यक्रम निर्माण को समेत काम गरिरहेको छ। 

निजि क्षेत्र, सरकारी , गैरसरकारी क्षेत्र,उद्योग कल कारखाना, व्यवसायहरुका लागि आवस्यक जनशक्ति माग भई आएमा सोहि क्षेत्र को आवस्यकता अनुसार तालिम दिई दक्ष कामदार पठाउने व्यवस्था मिलाइएको समेत महानगरले जनाएको छ । महामनगरले सिप विकास तालिम लिनका लागि फाराम समेत सार्वजनिक गरेको छ । 

उक्त फारम भर्न यहाँ क्लीक गर्नुहोस् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जसलाई महिला दिवसले छोएन...

जसलाई महिला दिवसले छोएन...

‘हामीलाई त कामबारे मात्रै थाहा छु , उनले भनिन्। महिलाको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आएकी पुन जीविकोपार्जनका लागि सानै उमेरदेखि मजदुरी गर्दै आएको बताउछिन्। दिवसका...