नेभिगेशन
सबै कुरा
किसानका कुरा :

लन्डनमा नमिलेको खुसी भैँसीगोठमा : दुध बेचेर वार्षिक २० लाख कमाई (भिडियाेसहित)

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुगे । रोजगारीका लागि विदेशमा राम्रो कमाई हुने आशले लण्डन पुगेका कँडेल पाँच वर्षपछि स्वदेश फर्किए । विदेशको दुःख देखेपछि स्वदेश फर्किएका उनले काठमाडौँमा पाँच वर्ष होटल व्यवसाय गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

आधा दशक होटल व्यवसाय गरेका सुरेश वि.सं. २०७७ सालमा गाउँ फर्किए । उनी गाउँ फर्कने समयमा देशभर कोरोना संक्रामणको फैलँदो थियो । कोरोना संक्रमणका कारण गाउँमा पनि अन्य काम गर्ने वातावरण थिएन । कँडेलका घरमा बाबाआमाले पहिलेदेखि नै सामान्य रुपमा दुध विक्री गर्दै आएका थिए । गाउँपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई भैँसी अनुदान दियो । 

अनुदानमा पाएको भैँसीले सुरेशलाई दुध उत्पादनमा लाग्ने हौसला दियो । उनले थप दुई वटा भैँसी लिएर व्यवसायिक रुपमै दुध उत्पादन गर्ने निधो गरे । अहिले उनी जिल्लामै दुग्ध उत्पादन गर्ने अब्बल किसानको रुपमा परिचित छन् । सुरेशको भैँसीपालन व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रो हुँदै गएको छ ।

अहिले उनलाई लन्डनमा नमिलेको खुसी भैँसी पालेर मिलेको छ । उनले भैँसी पाल्न थालेपछि वरपरका अन्य किसानले पनि व्यवसायिक रुपमा दुध उत्पादनमा लागेका छन् । कँडेललाई अहिले घरपरिवारको पनि दरिलो साथ छ । चार वर्ष अगाडि फर्म दर्ता गरेका कँडेलले वार्षिक १५ हजार लिटर दुध बजारमा विक्री गर्दै आएका छन् ।

दुई लाखबाट सुरु गरेको व्यवसायमा हालसम्म २५ लाख बढी लगानी गरिसकेका छन् । उनको फर्ममा हाल सात वटा उन्नत जातका भैँसी छन् । बागलुङ बजार नजिक रहेको हुँदा दुध खपत राम्रो छ । कँडेलले वार्षिक रु २० लाखको दुध विक्री गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका...
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
कवि दुर्गालाल श्रेष्ठको निधन

कवि दुर्गालाल श्रेष्ठको निधन

उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार...