नेभिगेशन
सबै कुरा

बसाइँसराइले रित्तिएको गाउँः खाडीमा युवा,घरमा झाडी (भिडियाेसहित)

बागलुङ । घरका ढोकामा ताला ठोकिएका छन् । भित्ता उप्किएर चिरा चिरा परेका छन् । घर वरपरका वनमारा पलाएरको छ भने खेतीयोग्य जमिनमा झाडी पलाएर ढपक्कै भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–५ कर्लिम गाउँ एक दशक अगाडिसम्म निकै रमाइलो थियो । तर अहिले बढ्दो बसाइँसराइका कारण गाउँ रित्तिदै गएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

गाउँमा भएरका घरहरु पनि खाली हुँदै गएका छन् । छरछिमेक र आफन्त सबै बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेकाहरु निराश छन् । बसाइँ नसरेकाहरुले पनि आफ्नो परिवारलाई शहर बजारमा राखेका छन् । युवा शक्ति विदेश हुँदा गाउँमा बुढापाका बाहेक अरुलाई भेट्याउन सकिन्न । काठेखोला जिल्लामै धेरै बसाइँसारइ गर्ने ठाउँ हो । 

बसाइँसाइले गाउँमा हरेक वृद्धवृद्धालाई दुःख बिमार लाग्दा अस्पतालसम्म पु¥याउने मान्छे समय–समयमा  । समस्या पर्ने गरेको छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तको आतंक बढ्दै गएको छ । जसले स्थानीय त्रसित बनेका छन् ।

युवा शक्ति विदेश पलायन भएका छन् । गाउँका हुने खानेहरु सेवा सुविधाको खोजी गर्दै बसाइँसराइ गरेर बजार झरेपछि गाउँमा न्यून वर्गका मानिसहरु मात्रै छ । स्थानीय सरकारले नागरिकका आधारभूत आवश्यकतालाई पुरा गर्दै गए पनि बसाइँसराइ रोकिएको छैन ।

काठेखोलाको कर्लिम मात्र होइन जिल्लाको अन्य धेरै ठाउँबाट बसाइँसारइ गर्नेको संख्या बढ्दै गएको छ । जसले ग्रामीण क्षेत्र सुनसान भएका छन् । सेवा सुविधा खोज्दै बजार झर्नेलाई गाउँमा रोक्ने गरि विकास गर्न नसके यस्ता थुप्रै गाउँहरु नरित्तिएलान् भन्न सकिन्न ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका...
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
कवि दुर्गालाल श्रेष्ठको निधन

कवि दुर्गालाल श्रेष्ठको निधन

उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार...