नेभिगेशन
सबै कुरा

बसाइँसराइले रित्तिएको गाउँः खाडीमा युवा,घरमा झाडी (भिडियाेसहित)

बागलुङ । घरका ढोकामा ताला ठोकिएका छन् । भित्ता उप्किएर चिरा चिरा परेका छन् । घर वरपरका वनमारा पलाएरको छ भने खेतीयोग्य जमिनमा झाडी पलाएर ढपक्कै भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–५ कर्लिम गाउँ एक दशक अगाडिसम्म निकै रमाइलो थियो । तर अहिले बढ्दो बसाइँसराइका कारण गाउँ रित्तिदै गएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

गाउँमा भएरका घरहरु पनि खाली हुँदै गएका छन् । छरछिमेक र आफन्त सबै बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेकाहरु निराश छन् । बसाइँ नसरेकाहरुले पनि आफ्नो परिवारलाई शहर बजारमा राखेका छन् । युवा शक्ति विदेश हुँदा गाउँमा बुढापाका बाहेक अरुलाई भेट्याउन सकिन्न । काठेखोला जिल्लामै धेरै बसाइँसारइ गर्ने ठाउँ हो । 

बसाइँसाइले गाउँमा हरेक वृद्धवृद्धालाई दुःख बिमार लाग्दा अस्पतालसम्म पु¥याउने मान्छे समय–समयमा  । समस्या पर्ने गरेको छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तको आतंक बढ्दै गएको छ । जसले स्थानीय त्रसित बनेका छन् ।

युवा शक्ति विदेश पलायन भएका छन् । गाउँका हुने खानेहरु सेवा सुविधाको खोजी गर्दै बसाइँसराइ गरेर बजार झरेपछि गाउँमा न्यून वर्गका मानिसहरु मात्रै छ । स्थानीय सरकारले नागरिकका आधारभूत आवश्यकतालाई पुरा गर्दै गए पनि बसाइँसराइ रोकिएको छैन ।

काठेखोलाको कर्लिम मात्र होइन जिल्लाको अन्य धेरै ठाउँबाट बसाइँसारइ गर्नेको संख्या बढ्दै गएको छ । जसले ग्रामीण क्षेत्र सुनसान भएका छन् । सेवा सुविधा खोज्दै बजार झर्नेलाई गाउँमा रोक्ने गरि विकास गर्न नसके यस्ता थुप्रै गाउँहरु नरित्तिएलान् भन्न सकिन्न ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक...
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...