नेभिगेशन
सबै कुरा

किबीभन्दा अलैँचीबाट नै फाइदा

मङ्गलबारे । ‘अब यो किवी उखेलेर अलैँची नै लगाउने हो,’ मकैबारी मासेर किवी लगाएका किसान विनोद खतिवडाले भने । करिब सातदेखि १० वटा किवीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने भन्दै उनले किवीभन्दा अलैँचीबाट नै दशौँ गुणा फाइदा हुने बताए । सुरुमा मकै छर्ने टार बारीमा हाल करिब २० बोट किवी रोपेका छन् । किवी र अलैँची तुलना गर्दै उनी भन्छन्, ‘सवेला किवी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मन माथि फल्ने थियो, अहिलेको भाउमा पनि दुई लाखमाथि नै हुन्थ्यो ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिब २० बोट किवीबाट पाँच हजारको पनि आम्दानी नभएको उनको भनाइ छ । इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र होइन, सो क्षेत्रका अधिकांश किसानले बारीमा किवी लगाएका छन् । अलैँचीबराबरको मूल्य अन्य खेतीबाट हुन नसक्ने किसान बताउँछन् । अहिले राम्रो गुणस्तरीय किवी प्रतिकिलो एक सयदेखि डेढ सयसम्ममा बिक्री भइरहेको छ, तर अलैँची प्रतिकिलो दुई हजार आठ सय माथिले बिक्री भइरहेको छ । अलैँचीको मूल्य हाल एक लाख १५ हजारसम्मले कारोबार भइरहेको छ ।

Ncell
Extreme Energy

कुनै वेला प्रतिकिलो ६ सय माथिले कारोबार भएको किवी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरूको भनाइ छ । बिक्री भएको किवीसमेत कम मूल्यमा गइरहेको किसान बताउँछन् । किवीमा जुन लागत छ सोअनुसारको आम्दानी नहुने गरेको उनीहरू बताउँछन् । किवीको बजारीकरणमा समस्या रहेको किसान ठाकुर खतिवडाको भनाइ छ । किसान आफैँले बजारीकरण गर्नुपर्ने, मूल्यसमेत आलुबराबर मात्र पाइने गरेको उनले बताए। सुरुमा किवी गर्ने किसानले बिरुवा र दानाबाट राम्रो आम्दानी गरेको भए पनि हाल सो मूल्य कायम हुन नसक्दा किसानमा निराशा पैदा भएको छ । सोचेजस्तो आम्दानी नभएको किसान रुद्र खतिवडाले बताए।

किवीलाई फलफूलको राजासमेत उपनाम दिइएको छ । एउटै किवीबाट धेरैवटा फलफूलमा पाइने भिटामिन र स्वाद हुने भएकाले यसलाई उच्च गुणस्तरको फलका रूपमा लिइन्छ । तर, बजारीकरणमा सरकार तथा सम्बन्धित निकायले चासो नदिएको किसानको आरोप छ ।

धेरै पौष्टिक तत्त्वले भरिपूर्ण मानिएको किवी फल इलामसहित काभ्रे, पाँचथर, संखुवासभालगायत जिल्लामा समेत खेती हुँदै आएको छ । पश्चिमी जिल्लाहरूमा समेत पछिल्लो समय इलामबाट नै बिरुवा जान थालेको छ । किवी फलको खेती तथा उपभोग दर विस्तार हुँदै गएको पाइन्छ ।

यस फलको बोट रोप्दा नै भाले र पोथी प्रजाति पहिचान गरी सँगसँगै रोप्नुपर्दछ । भाले–पोथीको परागसेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागसेचन हुने गरेको छ । यसलाई हाँगा ९डाँठ० र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो वर्षदेखि नै किवी फलको आम्दानी लिन सकिन्छ ।

पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । सामुद्रिक सहतदेखि एक हजार दुई सय मिटरदेखि माथि दुई हजार चार सय मिटरसम्मको उचाइमा किवी फलको खेती गर्न सकिने बताइएको छ । रोपेको चौथो वर्षदेखि नै किवी फलको आम्दानी लिन सकिन्छ । पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । 

इलाममा करिब कुल ७८० हेक्टरमा किवीखेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जीवन ठाडामगरले बताए। अघिल्लो वर्ष दुई हजार ८५२ मेट्रिकटन किवी उत्पादन भएको उनले जानकारी दिए। किवीलाई प्रशोधन गरेर जुस, जामसमेत बनाउन सकिन्छ । जुस, जाम वा अचार बनाउनसमेत पहल गर्ने हो भने किवीलाई पुरानो मूल्यमा फर्काउन सकिने किसानहरूको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका...
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
कवि दुर्गालाल श्रेष्ठको निधन

कवि दुर्गालाल श्रेष्ठको निधन

उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार...