नेभिगेशन
सबै कुरा

झाडी भरिएको जमिनमा सुन्तला खेती (भिडियाेसहित)

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१८ मा पर्ने बसेनीले सुन्तला गाउँको रुपमा परिचय फेर्न थालेको छ । केही वर्ष अगाडिसम्म पाखोबारीको रुपमा रहेको जमिनमा गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मीले टीआटी कृषि फर्म सुरु गरेपछि स्थानीयलेसमेत उनलाई पछ्याउँदा गाउँले मुहार फेर्न थालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

विसं २०७५ मा बसेनीमा ८२ रोपनी जग्गा गरेर उनले कृषि कर्मलाई अगाडि बढाएका हुन् । झाडीले घेरिएको जमिनमा उनले अहिले एक हजार पाँच सय वटा सुन्तला, आठ सय वटा कागती, तीन सय वटा निबुवा, ६० वटा लप्सी, २५ वटा स्याउ, किबी, आँप, कटहर, लिची, टिम्मुर, चेरीलगायतका फलफूलका बोटबिरुवाहरु लगाएका छन् । उनकाअनुसार आँप, कागती, निबुवा, सुन्तलासहितका फलफूलले आम्दानी दिन सुरु गरिसके ।  

बसेनीको डाँडामा अहिले पनि लटरम्मै पाकेका सुन्तला छन् । स्थानीय कृष्णबहादुर सारुमगरले समेत आफ्नो पाखो बारीमा एक हजार तीन सय ५० बोट सुन्तला लगाएको बताए । पानी नहुनाले अरु केही पनि खेती नहुने ठाउँमा अहिले सुन्तला लगाएर राम्रै उत्पादन भएको उनले बताए । सुन्तला बिक्री गर्न टाढा जानुपर्ने अवस्था नरहेको भन्दै उनले गाउँघरमै आएका मान्छेले किन्ने गरेका बताए । उनले आफ्नो बारीको सुन्तलासँग धानसमेत साट्ने गरेको बताए । 

सो ठाउँमा लगाइएको एउटै सुन्तलाको बोटमा एक क्विन्टलसम्म सुन्तला फल्ने गरेका छन् । बसेनीमा फलेका सुन्तला रसिला र मिठा हुने भएकाले बजारीकरणको समस्या नभएको स्थानीय बताउँछन् । यहाँ सुन्तला जोन लागू भएपछि अमिला प्रजातिका फलफूलका बिरुवामा ५० प्रतिशत अनुदान तथा मल, सिँचाइमा समेत अनुदान र प्राविधिक सहयोग हुँदै आएको कारण सुन्तला खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक...
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...