नेभिगेशन
सबै कुरा

झाडी भरिएको जमिनमा सुन्तला खेती (भिडियाेसहित)

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१८ मा पर्ने बसेनीले सुन्तला गाउँको रुपमा परिचय फेर्न थालेको छ । केही वर्ष अगाडिसम्म पाखोबारीको रुपमा रहेको जमिनमा गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मीले टीआटी कृषि फर्म सुरु गरेपछि स्थानीयलेसमेत उनलाई पछ्याउँदा गाउँले मुहार फेर्न थालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

विसं २०७५ मा बसेनीमा ८२ रोपनी जग्गा गरेर उनले कृषि कर्मलाई अगाडि बढाएका हुन् । झाडीले घेरिएको जमिनमा उनले अहिले एक हजार पाँच सय वटा सुन्तला, आठ सय वटा कागती, तीन सय वटा निबुवा, ६० वटा लप्सी, २५ वटा स्याउ, किबी, आँप, कटहर, लिची, टिम्मुर, चेरीलगायतका फलफूलका बोटबिरुवाहरु लगाएका छन् । उनकाअनुसार आँप, कागती, निबुवा, सुन्तलासहितका फलफूलले आम्दानी दिन सुरु गरिसके ।  

बसेनीको डाँडामा अहिले पनि लटरम्मै पाकेका सुन्तला छन् । स्थानीय कृष्णबहादुर सारुमगरले समेत आफ्नो पाखो बारीमा एक हजार तीन सय ५० बोट सुन्तला लगाएको बताए । पानी नहुनाले अरु केही पनि खेती नहुने ठाउँमा अहिले सुन्तला लगाएर राम्रै उत्पादन भएको उनले बताए । सुन्तला बिक्री गर्न टाढा जानुपर्ने अवस्था नरहेको भन्दै उनले गाउँघरमै आएका मान्छेले किन्ने गरेका बताए । उनले आफ्नो बारीको सुन्तलासँग धानसमेत साट्ने गरेको बताए । 

सो ठाउँमा लगाइएको एउटै सुन्तलाको बोटमा एक क्विन्टलसम्म सुन्तला फल्ने गरेका छन् । बसेनीमा फलेका सुन्तला रसिला र मिठा हुने भएकाले बजारीकरणको समस्या नभएको स्थानीय बताउँछन् । यहाँ सुन्तला जोन लागू भएपछि अमिला प्रजातिका फलफूलका बिरुवामा ५० प्रतिशत अनुदान तथा मल, सिँचाइमा समेत अनुदान र प्राविधिक सहयोग हुँदै आएको कारण सुन्तला खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका...
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
कवि दुर्गालाल श्रेष्ठको निधन

कवि दुर्गालाल श्रेष्ठको निधन

उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार...