नेभिगेशन
सबै कुरा

रौतहट दुर्घटना अपडेटः मृतक आठ जनाको पहिचान खुल्यो

रौतहट । बाराको गढीमाई मेलाबाट फर्कने क्रममा रौतहट चन्द्रपुरमा स्कार्पियो दुर्घटना हुँदा मृत्यु भएका आठ जना यात्रुको पहिचान खुलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गढिमाई मेलाबाट फर्किएका यात्रु सवार स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

Ncell
Extreme Energy

पूर्वपश्चिम राजमार्गमा  अन्तरगत चन्द्रपुर नगरपालिका ४ स्थित धन्सार–लमाहा सडक खण्डमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको थियाे ।

 इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार यादवको मृत्यु भएको छ ।

सिराहाको अर्नामा गाउँपालिका कि ३० वर्षीय राधाराम, दुई वर्षे आर्यन राम, २५ वर्षीय देवकुमारी महरा, ७ वर्षीय ऋतिक महरा, ६० वर्षीय कन्यादेवी महरा रहेका घाइते भएका छन् भने गम्भीर घाइते भएकी कन्यादेवी महराको बीरगञ्जस्थित बयोदा अस्पतालमा उपचार भइरहेको छ । 

अन्य घाइतेहरूको उपचार चन्द्रपुरस्थित हाइवे ट्रमा अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् ।
गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ।
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...