नेभिगेशन
सबै कुरा

रौतहट दुर्घटना अपडेटः मृतक आठ जनाको पहिचान खुल्यो

रौतहट । बाराको गढीमाई मेलाबाट फर्कने क्रममा रौतहट चन्द्रपुरमा स्कार्पियो दुर्घटना हुँदा मृत्यु भएका आठ जना यात्रुको पहिचान खुलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गढिमाई मेलाबाट फर्किएका यात्रु सवार स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

Ncell
Extreme Energy

पूर्वपश्चिम राजमार्गमा  अन्तरगत चन्द्रपुर नगरपालिका ४ स्थित धन्सार–लमाहा सडक खण्डमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको थियाे ।

 इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार यादवको मृत्यु भएको छ ।

सिराहाको अर्नामा गाउँपालिका कि ३० वर्षीय राधाराम, दुई वर्षे आर्यन राम, २५ वर्षीय देवकुमारी महरा, ७ वर्षीय ऋतिक महरा, ६० वर्षीय कन्यादेवी महरा रहेका घाइते भएका छन् भने गम्भीर घाइते भएकी कन्यादेवी महराको बीरगञ्जस्थित बयोदा अस्पतालमा उपचार भइरहेको छ । 

अन्य घाइतेहरूको उपचार चन्द्रपुरस्थित हाइवे ट्रमा अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका...
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
कवि दुर्गालाल श्रेष्ठको निधन

कवि दुर्गालाल श्रेष्ठको निधन

उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार...
नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापी कार्यालय धनुषाले  नापजाँच भएको करिब एघार वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।