नेभिगेशन
सबै कुरा

वीरगन्जमा रास्वपा सभापति लामिछानेको बयान शुरु

काठमाडौँ । सहकारी प्रकरणमा बयानका लागि वीरगन्ज लगिएका रास्वपा सभापति रवि लामिछानेको बयान शुरु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार बयानका लागि लामिछानेलाई बिहान ९ बजेनै कार्यालयमा पुर्याइएको छ । वीरगन्ज महानगरपालिका ६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट  गोर्खा मिडिया नेटवर्क प्रालिमा आएको रकमबारे लामिछानेसँग बयान हुने छ । 

Ncell
Extreme Energy

लामिछानेको बयान आजै सक्ने तयारी गरिएको जनाइएको छ । यस अघि बयानका लागि वीरगन्ज लगिएका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । उनलाई आजै पोखरा फिर्ता गर्न लागिएको प्रहरीले जनाएको छ । 

सोहि सहकारी प्रकरणमा पक्राउ परेका सहकारीका उपाध्यक्ष नेहा पौडेल तथा कर्मचारी राधेचन्द्र यादव धरौटीमा रिहा भैसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका...
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
कवि दुर्गालाल श्रेष्ठको निधन

कवि दुर्गालाल श्रेष्ठको निधन

उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार...
नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापी कार्यालय धनुषाले  नापजाँच भएको करिब एघार वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।