नेभिगेशन
सबै कुरा

वीरगन्जमा रास्वपा सभापति लामिछानेको बयान शुरु

काठमाडौँ । सहकारी प्रकरणमा बयानका लागि वीरगन्ज लगिएका रास्वपा सभापति रवि लामिछानेको बयान शुरु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार बयानका लागि लामिछानेलाई बिहान ९ बजेनै कार्यालयमा पुर्याइएको छ । वीरगन्ज महानगरपालिका ६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट  गोर्खा मिडिया नेटवर्क प्रालिमा आएको रकमबारे लामिछानेसँग बयान हुने छ । 

Ncell
Extreme Energy

लामिछानेको बयान आजै सक्ने तयारी गरिएको जनाइएको छ । यस अघि बयानका लागि वीरगन्ज लगिएका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । उनलाई आजै पोखरा फिर्ता गर्न लागिएको प्रहरीले जनाएको छ । 

सोहि सहकारी प्रकरणमा पक्राउ परेका सहकारीका उपाध्यक्ष नेहा पौडेल तथा कर्मचारी राधेचन्द्र यादव धरौटीमा रिहा भैसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् ।
गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ।
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...