नेभिगेशन
सबै कुरा

काठमाडौँ उपत्यकाको तापक्रम चार डिग्री सेल्सियसमा झर्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताए। आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ । 

Ncell
Extreme Energy

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ  । 

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ भने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम  सफा रहने छ । 

प्रातः कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागलेसोही अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका...
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
कवि दुर्गालाल श्रेष्ठको निधन

कवि दुर्गालाल श्रेष्ठको निधन

उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार...
नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापी कार्यालय धनुषाले  नापजाँच भएको करिब एघार वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।