नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई आज पोखरा फर्काइदैँ

काठमाडौँ । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पोखरा फर्काइदैंछ । सहकारी ठगीको आरोपमा कात्तिक २ गते पक्राउ परेका उनी झण्डै दुई महिना देखि प्रहरी हिरासतमा छन् ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया आएको विषयमा बयानका लागि लामिछानेलाई सोमबार वीरगञ्ज पु¥याइएको थियो । 

Ncell
Extreme Energy

जिल्ला न्यायाधीवक्ता भोलानाथ निरौलाका अनुसार लामिछानेलाई बयानका लागि पहिलेनै ५४ प्रश्न तयार गरिएको थियो । मंगलबार लामिछानेले सबै प्रश्नको जवाफ दिएपछि एकै दिनमा बयान सकिएको हो । 

बयान सकिएपछि लामिछानेलाई पर्सा प्रहरीको हिरासतमा राखिएको थियो । बयान सकिएका कारण लामिछानेलाई आज बिहान १० बजे सिमराबाट काठमाडौँ ल्याइने रास्वपाले जनाएको छ । त्यसपछि काठमाडौँबाट उनलाई कास्कीस्थित जिल्ला प्रहरी कार्यलय कास्कीको हिरासत पुर्याइनेछ । 

लामिछनेमाथि सरकारले राजनीतिक प्रतिशोध साधेर अराजनीतिक र झुटो मुद्दा लगाएको भन्दै रास्वपा आन्दोलनमा छ । लामिछाने पक्राउ राजीनितक प्रतिशोध भएको भन्दै माओवादी, राप्रपा र कांग्रेसकै नेताहरुले आपत्ति जनाएका छन् । 

हिराशतमा लामिछानेमाथि अराजनीतिक व्यवहार गरिएको भन्दै प्रहरी प्रमुख बसन्त कुवँरमाथि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् ।
गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ।
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...