नेभिगेशन
सबै कुरा

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

सुदूरपश्चिम ।  कैलाली जिल्लाका छुट्टाछुट्टै तीन स्थानमा भएका सडक दुर्घटनामा घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता दर्शन खड्काका अनुसार टीकापुर नगरपालिकास्थित हुलाकी सडकमा भएको सुपप्र ०१–००८प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । 

Ncell
Extreme Energy

  गए राति नै गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म२प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका– ११ का ३० वर्षाीय हिक्मत महराको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । 

धनगढी उपमहानगरपालिका– १८ डिपो बजारमा सुपप्र ०१००११ प ७०७१ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–३ का ४० वर्षीय कमलेश चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका...
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
कवि दुर्गालाल श्रेष्ठको निधन

कवि दुर्गालाल श्रेष्ठको निधन

उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार...
नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापी कार्यालय धनुषाले  नापजाँच भएको करिब एघार वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।