नेभिगेशन
सबै कुरा

विभिन्न भ्रष्टाचारका प्रकरणलाई लुकाउन रविलाई पक्राउ गरिएको भन्दै बेल्जियममा प्रदर्शन (तस्विरहरु)

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै बेल्जियममा प्रदर्शन भएको छ । स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमले विभिन्न भ्रष्टाचारका प्रकरणलाई लुकाउन रविलाई पक्राउ गरिएको बिहिबार प्रदर्शन गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा लामिछानेको कुनै संलग्नता नरहेको बताएपनि लामिछानेलाई पक्राउ गर्नु सरकारको स्पष्ट राजनीतिक पूर्वाग्रह भएको उनीहरुको ठहर छ । त्यस्तै सरकारको प्रतिशोधपूर्ण सो कदमलाई गिरीबन्धु, टेरामक्स, भुटानी शरणार्थी, वाईडबडी, र अरबौं को जग्गा दान प्रकरण लाई ओझेल मा पार्न गरिएको षडयन्त्र को रूपमा लिएको स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमले जनाएको । ‘सभापतिज्यू लाई बिना कारण र बिना आधार गिरफ्तार गरेर सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्ने लाई उन्मुक्ति दिने षडयन्त्र चलिरहेको छ भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ । हामीले यो कदमलाई गिरीबन्धु, टेरामक्स, भुटानी शरणार्थी, वाईडबडी, र अरबौं को जग्गा दान प्रकरण लाई ओझेल मा पार्न गरिएको षडयन्त्र को रूपमा बुझेका छौं ।यसै बिषयलाई लिएर पूर्व उपप्रधान तथा गृहमन्त्री रहिसक्नु भएका एवं सांसद रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति हाम्रो घोर आपत्ति रहेको छ ।’, सम्पर्क मञ्चले सार्वजनिक गरिएको विज्ञप्तीमा भनिएको छ । 

Ncell
Extreme Energy

त्यस्तै अनुसन्धानका नाममा सरकारले रवि लामिछानेमाथि गरेको अन्यायले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको र सो कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्ने उनीहरुको धारणा छ । सम्पर्क मञ्चले अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानविपरित रहेको बताउको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
कवि दुर्गालाल श्रेष्ठको निधन

कवि दुर्गालाल श्रेष्ठको निधन

उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार...
नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापी कार्यालय धनुषाले  नापजाँच भएको करिब एघार वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।