नेभिगेशन
सबै कुरा

एनपिएल अपडेट : चितवनविरुद्ध विराटनगरको सानदार जीत

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजविरुद्व सानदार जीत हात पारेको हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८२ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन मात्रै बनाएको हो । 

Ncell
Extreme Energy

विराटनगरका लागि सन्दीप लामिछाने र लाेकेश बमले २-२ विकेट, सुवास भण्डारी, बसिर अहमद र क्रिस सोलले १–१ विकेट लिए । 

त्यस्तै चितवन राइनोजका लागि अमरसिंह राउटेलाले सर्वाधिक.. रन, सन्तोष कार्कीले २८ रन, कुशल मल्लले २५ रन र रवि बोपराले २० रन बनाएका हुन् । 

जारी एनपिएलमा यो विराटनगरको छैठौँ खेल हो । यसअघिका पाँच खेलमध्ये विराटनगरले एक खेल जित्दा चार खेलमा हार ब्यहोरेको थियो भने आज जीत हात पारेसँगै   विराटनगरको यो दोस्रो जीत हो । 

यस्तै, चितवनको पनि यो छैठौँ खेल हो । चितवनले यसअघिका पाँच खेलमध्ये तीन खेल जितेको छभने दुई खेलमा पराजित भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तरराष्ट्रिय टी–२०...
एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

लुम्बिनीले आज उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ...
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा...
बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

“एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ ।