नेभिगेशन
सबै कुरा

एनपिएलमा लुम्बिनी लायन्सः रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथ

काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सको यात्रा सकिएको छ। राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वको टोलीले राम्रो प्रदर्शन गरे पनि सकारात्मक नतिजा निकाल्नबाट चुक्यो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कप्तान रोहितकुमार पौडेलले आफूले सक्दो प्रयास गरे। तर, त्यो टीमको जितका लागि पर्याप्त भएन। कुल सात खेल खेलेका कप्तान पौडेलले प्रतियोगितामा हालसम्म सर्वाधिक दुई सय ७९ रन बनाउनुका साथै आठ विकेट लिँदै आफूलाई उत्कृष्ट सावित गरे पनि त्यतिले मात्रै टोलीलाई शीर्ष चारमा पुर्‍याउन पर्याप्त भएन। नतिजा सात खेलमा एउटा जितमा मात्रै चित्त बुझाउनुपर्‍यो।

Ncell
Extreme Energy

लिगको चरणको आफ्नो अन्तिममा खेलमा आज लुम्बिनी लायन्स कर्णाली याक्ससँग पाँच रनले पराजित भयो। जितका लागि कर्णाली याक्सले दिएको एक सय २९ रनको सामान्य लक्ष्य पनि लुम्बिनीले पूरा गर्न सकेन।

हारको सिलसिला सुरुदेखि अन्तिमसम्मै

लुम्बिनीको हारको सुरुआत पहिलो खेलदेखि नै भयो। लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगरसँग दुई विकेटले पराजित भयो। दोस्रो खेलमा पोखरासँग १० विकेटले हार्‍यो। तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हार्दा चौथो खेलमा पनि जनकपुरसँग एक रनले पराजित भएको थियो।

पाँचौँ चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको थियो। तर, छैटौँ खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएपछि एनपिएलको जारी संस्करणबाट बाहिरिने पहिलो टोली बन्न पुग्यो।

चलेनन विदेशी खेलाडी

लुम्बिनीले अस्ट्रेलियन अलराउन्डर बेन कटिङ, इङ्ग्ल्याण्डका विकेटकिपर तथा ब्याट्सम्यान टम मुर्स, बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्स, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द र क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफरलाई भित्र्याएको थियो।

अनुभव खेलाडीले राम्रो प्रदर्शन गर्ने आशा लिइएको थियो। तर, केही विदेशी खेलाडीले मध्यम प्रदर्शन गरे पनि केही खेलाडी भने चल्नै सकेनन्। लुम्बिनीको सबैभन्दा आशा गरिएका खेलाडी थिए, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द। चन्दको कप्तानीमा भारतले सन् २०१२ को यु–१९ विश्वकपको उपाधि हात पारेको थियो । यु–१९ को फाइनलमा खेलमा चन्दले शतक समेत प्रहार थिए। उनी आइपिएल स्टार समेत हुन्। तर, एनपिएलमा उन्मुक्त चल्नै सकेनन्।

लुम्बिनीबाट उन्मुक्त चारवटा खेल खेले। पोखराविरुद्धको खेलमा उनी शून्य रनमै आउट भए। सुदूरपश्चिमसँगको खेलमा पनि उनी चल्न सकेनन्। चार रन बनाएर आउट हुन् पुगे। चितवनविरुद्धको खेलमा पनि शून्य रनमै आउट भएका उन्मुक्तले काठमाडौं गुर्खाजविरुद्धको खेलमा भने १४ रन बनाए । एनपिएलका चार खेलमा उन्मुक्तले १८ रन मात्रै बनाए।

अस्ट्रेलियन अलराउन्डर बेन कटिङले पनि लुम्बिनीलाई खासै राम्रो योगदान दिन सकेनन्। एनपिएलमा लुम्बिनीका तर्फबाट तीन खेल खेलेका कटिङले जम्मा १० रन मात्रै जोडे। ३७ वर्षीय दायाँ हाते ब्याटर र मध्यम तीव्र गतिका बलर कटिङ सहभागी सन्राइजर्स हैदरावादले सन् २०१६ इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जिते पनि एनपिएलमा उनको प्रदर्शन निराशाजनक नै रह्यो।

लुम्बिनीको तर्फबाट खेल्ने विदेशी खेलाडीमध्ये इङ्ग्ल्याण्डका विकेटकिपर तथा ब्याट्सम्यान टम मुर्सले भने केही योगदान गरे। लुम्बिनीबाट सातवटै खेल खेलका उनले एक सय ६५ रन बनाए।

यस्तै, क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफरले लुम्बिनीका लागि सातवटै खेल खेले। सातवटा खेलबाट ८३ रन बनाएका उनले नौ विकेट आफ्नो नाममा दर्ता गरे।

बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्सको प्रदर्शन पनि मध्यम नै रह्यो। सातवटै खेल खेलेका उनले ब्याटिङतर्फ छ रन बनाउँदा बलिङतर्फ भने नौ विकेट लिन सफल भए।

स्वदेशी खेलाडीको प्रदर्शन

लुम्बिनीका कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेल एनपिएलका लिग चरणका सातवटै खेल खेले। उनले सात वटा खेलबाट २७९ रन बनाउन सफल भए भने आठ विकेट आफ्नो नाममा दर्ता गरे। उनले एनपिएलमा सर्वाधिक ९५ रन बनाए भने दुई अर्धशतक समेत प्रहार गरे।

लुम्बिनीबाट सातवटै खेल खेल्ने अर्का स्वदेशी खेलाडी हुन्, सन्दीप जोरा। उनले सातवटा खेलबाट एक सय २० रन बनाउँदा एक विकेट पनि आफ्नो नाममा दर्ता गराए।

छवटा खेल खेलेका अर्जुन साउदले कूल ६८ रन जोडे। विवेक यादवले छ खेलबाट एक सय रन बनाए भने तीन विकेट हात पारे। उनले एक अर्धशतक समेत प्रहार गरेका थिए। टोलीका लागि छवटै खेल खेलेका आशुतोष घिरैयाले कूल ४४ रन जोडे।

साथै पाँच वटा खेल खेलेका दुर्गेश गुप्ताले कूल पाँच रन बनाउँदा तीन विकेट आफ्नो नाममा दर्ता गराए भने चार खेल खेलेका सुर्य तामाङले कूल १८ रन जोड्दै एक विकेट लिए भने चार खेल नै खेलेका अभिषेक गौतमले एक रन जोड्न नसके पनि छ विकेट लिए।

लुम्बिनीबाट दिनेश अधिकारी दुई खेल खेले। जसमा उनले १४ रन जोडे। लुम्बिनीबाट तिलक भण्डारी र विकास आग्री एक÷एक खेल खेले। जसमा भण्डारीले तीन रन बनाए भने दुई विकेट लिए। यस्तै, आग्रीले तीन विकेट आफ्नो नाममा दर्ता गरे।

रोहितको एक्लो प्रयास

लुम्बिनी लायन्सका लागि कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेलको योगदान भने प्रशंसनीय नै रह्यो। एनपिएलमा आफ्नो पहिलो खेलमा विराटनगर किङ्सविरुद्व कप्तान पौडेलले २९ बलमा दुई छक्का र चार चौकाको मद्दतले ४६ रन बनाए। विराटनगरविरुद्ध बलिङ भने गरेनन्।

रोहितले आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५९ बल खेल्ने क्रममा चार छक्का र १० चौकाको मद्दतले ९५ रन बनाए।

तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्व पाँच रन बनाए भने एक विकेट हात पारे। चौथो खेलमा जनकपुर बोल्ट्सविरुद्व उनले सर्वाधिक ३५ रन बनाउँदा बलिङतर्फ चार ओभरमा २२ रन मात्रै खर्चिएर दुई विकेट हात पारे।

आफ्नो पाँचौँ खेलमा चितवन राइनोजलाई हराएर पहिलो जित निकाल्दा लुम्बिनीका पौडेल ब्याटिङ र बलिङ दुवैतर्फ नायक बने। उनले चितवन राइनोजविरुद्ध ५७ बलमा पाँच चौका र छ छक्काको मद्दतले रोहितले ८० रन जोड्दा बलिङतर्फ चार विकेट चट्काए।

छैटौँ खेल र सातौँ खेलमा भने उनी जम्न सकेनन्। छैठौं खेलमा काठमाडौंविरुद्ध आठ रन मात्रै बनाएका रोहितले बलिङतर्फ एक विकेट पनि झार्न सकेनन्। सातौँ खेलमा कर्णालीविरुद्ध १० रन मै आउट भएका रोहित बलिङतर्फ भने एक विकेट लिन सफल बने।

पौडेल जारी एनपिएलमा सबैभन्दा धेरै रन बनाउने पहिलो नम्बरमा छन्। उनले सात खेलबाट सर्वाधिक दुई सय ७९ रन बनाउन सफल भएका छन्। रोहित जारी एनपिएलमा ११ छक्का र २६ चौकासमेत प्रहार गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपालद्वारा स्कटल्यान्ड ६ विकेटले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपालद्वारा स्कटल्यान्ड ६ विकेटले पराजित

सोमबार भएको खेलमा स्कटल्यान्डले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले  निर्धारित ओभरको ३८ ओभर १ बल खेल्दै ४ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको हो ।
क्रिकेटः स्कटल्यान्डद्वारा नेपाललाई १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्यान्डद्वारा नेपाललाई १९५ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९ दशमलव एक ओभरमा १९४ रनमा अलआउट भयो ।
एकदिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्व किर्तिमान सन्दीपको नाममा

एकदिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्व किर्तिमान सन्दीपको नाममा

सोमबार स्कटल्यान्डविरुद्ध २ विकेट लिँदै लामिछानेले यो रेकर्ड बनाएका हुन् । ७३ म्याचमा सन्दीपले १५० लिएका छन् । यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो ।
क्रिकेटः  आज नेपाल र स्कटल्याण्ड भिड्दै

क्रिकेटः आज नेपाल र स्कटल्याण्ड भिड्दै

तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको...