नेभिगेशन
सबै कुरा

अख्तियार अनुसन्धान अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...

काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत धुव्रप्रसाद सापकोटासँग जोडिएको एक मुद्दामा अनुसन्धान गरिरहेको थियो ।

Ncell
Extreme Energy

मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीको बयानसमेत भइसकेको छ । अनुसन्धानको क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए ।

अनुसन्धान अधिकृतले आफैँले खाम खोल्न आग्रह गरेका थिए । सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र रु एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी एक लाख रकम रहेको आयोगले जनाएको छ ।

अनुसन्धान अधिकृतले यो केको पैसा हो? भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए ।

सापकोटाले आयोगका अनुसन्धान अधिकृतलाई घूस दिने उद्देश्यले ल्याएको उक्त रकमसहित पक्राउ गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । योगको कञ्चनपुर कार्यालयबाट शुक्रबार सापकोटालाई घूस रकमसहित पक्राउ गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापी कार्यालय धनुषाले  नापजाँच भएको करिब एघार वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।
देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।