नेभिगेशन
सबै कुरा

धादिङको सुत्केरी ढुंगामा बस दुर्घटना, ८ जना घाइते

धादिङ । धादिङको सुत्केरी ढुंगामा बस दुर्घटना भएको छ। शनिबार साँझ बुटवलबाट २४ जना सवार काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ६६७६ नम्बरको यात्रुबाहक बस पृथ्वी राजमार्ग अन्तर्गतपर्ने गल्छी गाउँपालिकाको सुत्केरी ढुंगा नजिकै दुर्घटनामा परेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामा परि ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङ्ले जनाएको छ । उनीहरु सबैको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । 

सडकमा तीव्र गतिमा गाडि हुइकाउँदा अनियन्त्रित भएर बस सडकको डिभाइडरमा ठोक्किएको प्रहरीको अनुमान छ । प्रहरीले बस चालक भूपेन्द्र चापागाइँलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनकामनाबाट फर्केको ईभी माइक्रो दुर्घटना अपडेटः ७ जनाको घटनास्थलमै मृत्यु

मनकामनाबाट फर्केको ईभी माइक्रो दुर्घटना अपडेटः ७ जनाको घटनास्थलमै मृत्यु

दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरी अस्पताल पुर्याइएको छ । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका एक जनालाई भरतपुर पठाइएको छ...
मनकामना दर्शन गरी फर्किएका यात्रु बोकेको ईभी माइक्रो बस दुर्घटना

मनकामना दर्शन गरी फर्किएका यात्रु बोकेको ईभी माइक्रो बस दुर्घटना

गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा शनिबार राति करिब ८ बजे ईभी दुर्घटना भएको हो ।
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई काठमाडौँ महानगरले कारबाही गर्ने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई काठमाडौँ महानगरले कारबाही गर्ने

ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानी...
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक, २ हजार ६३८ जना घाइतेको उपचार

जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक, २ हजार ६३८ जना घाइतेको उपचार

आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उनले बताए । “आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिहेका थियौँ...