नेभिगेशन
सबै कुरा

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले संगठन विस्तारलाई तीव्र बनाउने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको पूर्ण जिल्ला समिति बैठकले संगठन निर्माण र विस्तारमा तीव्रता दिने निर्णय गरेको छ। सो अनुसार संगठन विस्तार अभियानलाई पुनः सुरु गर्दै चितवनका स्थगित वडाहरूको अधिवेशन यही पुष ६ गते शनिबारबाट प्रारम्भ गर्ने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सचिव विशाल कोइरालाका अनुसार आगामी एक महिनाभित्र सबै वडाहरूको अधिवेशन सम्पन्न गर्ने गरी बैठकले निर्णय गरेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भरतपुरको बसेनीस्थित सचिवालयमा शुक्रबार सम्पन्न उक्त बैठक सभापति कृष्ण प्रसाद भुसालको संयोजकत्वमा भएको थियो। बैठकले  एकराज बुर्लाकोटीलाई सर्वसम्मतिबाट जिल्ला कोषाध्यक्षमा समेत मनोनयन गर्ने निर्णय गरेको छ। यस्तै  संगठनलाई बलियो बनाउँदै पार्टीलाई आगामी दिनमा अझ सशक्त बनाउन रणनीतिहरू बठमा तय गरिएको कोइरालाले बताए । बैठकमा संगठन सुदृढीकरण र नेतृत्व विकासलाई प्राथमिकता दिने उद्देश्यले विभिन्न योजना अघि बढेका छन ।

Ncell
Extreme Energy

बैठकमा केन्द्रीय सदस्य राजन गौतमसहित केन्द्रीय र प्रदेश प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।
देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।