नेभिगेशन
सबै कुरा

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले संगठन विस्तारलाई तीव्र बनाउने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको पूर्ण जिल्ला समिति बैठकले संगठन निर्माण र विस्तारमा तीव्रता दिने निर्णय गरेको छ। सो अनुसार संगठन विस्तार अभियानलाई पुनः सुरु गर्दै चितवनका स्थगित वडाहरूको अधिवेशन यही पुष ६ गते शनिबारबाट प्रारम्भ गर्ने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सचिव विशाल कोइरालाका अनुसार आगामी एक महिनाभित्र सबै वडाहरूको अधिवेशन सम्पन्न गर्ने गरी बैठकले निर्णय गरेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भरतपुरको बसेनीस्थित सचिवालयमा शुक्रबार सम्पन्न उक्त बैठक सभापति कृष्ण प्रसाद भुसालको संयोजकत्वमा भएको थियो। बैठकले  एकराज बुर्लाकोटीलाई सर्वसम्मतिबाट जिल्ला कोषाध्यक्षमा समेत मनोनयन गर्ने निर्णय गरेको छ। यस्तै  संगठनलाई बलियो बनाउँदै पार्टीलाई आगामी दिनमा अझ सशक्त बनाउन रणनीतिहरू बठमा तय गरिएको कोइरालाले बताए । बैठकमा संगठन सुदृढीकरण र नेतृत्व विकासलाई प्राथमिकता दिने उद्देश्यले विभिन्न योजना अघि बढेका छन ।

Ncell
Extreme Energy

बैठकमा केन्द्रीय सदस्य राजन गौतमसहित केन्द्रीय र प्रदेश प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गङ्गापूर्ण हिमालमा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

गङ्गापूर्ण हिमालमा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ।
कात्तिक ११ देखि १५ गतेसम्म  मौसम प्रभावित हुन सक्ने: पूर्वानुमान महाशाखा

कात्तिक ११ देखि १५ गतेसम्म मौसम प्रभावित हुन सक्ने: पूर्वानुमान महाशाखा

उक्त मौसम प्रणाली क्रमशः बलियो हुँदै कात्तिक ९ गते सोमबार (अक्टोबर २६) चक्रवातीय आँधीमा विकसित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको...
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी...
एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तरराष्ट्रिय टी–२०...