नेभिगेशन
सबै कुरा

आजकाे माैसमः अबको केही दिन पश्चिम नेपालमा बदली, चिसो बढ्ने

काठमाडौँ । नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्र्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका आइतबारदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । सोमबार भने अझै बढ्ने देखिएको छ । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौँसम्म आइपुग्ने बताइन् ।

Ncell
Extreme Energy

मौसमविद् कँडेलले भनिन्, “पश्चिमबाट पूर्वतर्फ आउँदा प्रणाली कमजोर हुँदै आउने र काठमाडौँमा पनि थोरै बदली भई छिटफुटसम्म वर्षा हुनसक्ने छ, चिसो पनि केही बढ्ने छ ।” प्रणाली लुम्बिनीमा आइपुग्दा भने कमजोर हुने र त्यसको सामान्य असरमात्रै पूर्व तथा मध्यतिर पर्ने जनाइएको छ । यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ । यसअघि यही मङ्सिर २९ गते यो वर्षकै अत्यधिक  चिसो भएको थियो । त्यस दिन काठमाडौँको तापक्रम दुई डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७ दशमलव दुईमा झरेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...