नेभिगेशन
सबै कुरा

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह

बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’ मार्फत यो अनुरोध गरिएको बताए ।

CG

“हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ”, तौहिद हुसेनले पत्रकारहरूलाई भने । 

अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई हप्तौँको विरोध र झडपपछि अपदस्थ गरेको थियो । विरोध र झडपका क्रममा छ सयभन्दा बढी मानिसको मृत्यु भयो । 

७६ वर्षीया हसिना भारत भागिन् भने नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । 

यसअघि डिसेम्बर ९ मा शेख हसिनाले बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसलाई आफ्नो सत्ताबाट बहिर्गमनमा परिणत भएको विद्यार्थी प्रदर्शनको ‘मास्टरमाइन्ड’ भएको आरोप लगाउँदै प्रदर्शन ‘सावधानीपूर्वक डिजाइन’ गरिएको बताएका थिए ।

युनाइटेड किङ्गडम अवामी लिगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै हसिनाले प्रदर्शनकारीहरूको सबै माग पूरा भए पनि देशभरि अशान्ति जारी रहेको दाबी गर्दै यो योजनाबद्ध षड्यन्त्र भएको बताएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

यो झडपको कारण यस वर्षको गर्मीमा भएको पाँच दिन लामो लडाइँसँग जोडिएको छ, जसमा ४३ जनाको मृत्यु भएको थियो र दुबै पक्षका लगभग तीन लाख मानिस विस्थापित भएका...
चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पुर्‍यायो । लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा...
गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु

“आज हामी सबैका लागि अत्यन्त पीडादायी दिन हो”, मुख्यमन्त्री सावन्तले विज्ञप्तिमा उल्लेख गरेका छन्, “२५ जनाले ज्यान गुमाउनुभएको छ र छ जना घाइते हुनुभएको छ ।” उनले पत्रकारहरूसँग...
अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

युएस जियोलोजिकल सर्भेका अनुसार २०ः४१ जिएमटीमा गएको उक्त प्रमुख कम्पनपछिको तीन घन्टाभित्र ५.१ देखि ३.३ म्याग्निच्युडका झण्डै ३० वटा परकम्प महसुस गरिएको थियो ।