नेभिगेशन
समाज

रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ताधारी 'युनाइटेड रसिया' पार्टीले संसदीय निर्वाचनमा कीर्तिमानी दुई-तिहाइभन्दा बढी (सुपरमेजोरिटी) सिट जितेको छ । वास्तविक विपक्षीहरूलाई प्रतिस्पर्धाबाट लगभग पूर्ण रूपमा बाहिर राखिएको र तीन दिनसम्म चलेको मतदानपछि सार्वजनिक आधिकारिक नतिजाले सो पुष्टि गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय निर्वाचन आयोगले घोषणा गरेको नतिजा अनुसार ५८ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै विगत २५ वर्षदेखि सत्तामा रहेको युनाइटेड रसिया पार्टीले तल्लो सदन 'स्टेट डुमा' को तीन-चौथाईभन्दा बढी सिट सुरक्षित गर्ने निश्चित भएको छ । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछिको यो पहिलो संसदीय निर्वाचन हो । यस चुनावमा मस्कोले अवैध रूपमा आफ्नो भूभागमा गाभिएका युक्रेनका चार क्षेत्रका बासिन्दाहरूलाई समेत सहभागी गराएको थियो ।

Ncell
Extreme Energy

करिब ६० प्रतिशतको उच्च मतदान र यस नतिजालाई मस्कोले युक्रेनमा जारी युद्ध तथा आफ्ना नीतिहरूप्रति जनताको व्यापक समर्थनका रूपमा प्रस्तुत गर्ने देखिन्छ । यद्यपि, रुसको एक मात्र दर्ता भएको युद्धविरोधी राजनीतिक दल 'याब्लोको'लाई निर्वाचनअघि नै सर्वोच्च अदालतले राष्ट्रिय सूचीबाट हटाएको थियो । सो दलले राष्ट्रिय स्तरमा कुनै सिट जित्न नसके पनि नोभगोरोड क्षेत्रको स्थानीय संसदमा भने करिब ६ प्रतिशत मत ल्याएर उपस्थिति जनाएको छ ।

निर्वाचनमा कम्युनिस्ट पार्टीले १३.८ प्रतिशत मत ल्याउँदै ४० सिट जितेको छ भने राष्ट्रवादी एलडीपीआरले २५ र 'न्यू पिपुल' पार्टीले २० सिट हासिल गरेका छन् । 

निर्वाचनपछि मस्कोका सर्वसाधारण नागरिकहरूले युक्रेनसँगको द्वन्द्व चाँडोभन्दा चाँडो शान्तिपूर्ण माध्यमबाट अन्त्य होस् भन्ने चाहना व्यक्त गरेका छन् । कार्नेगी रुस युरासिया सेन्टरकी विश्लेषक तात्याना सुनोभायाका अनुसार पुटिनले यस नतिजालाई युद्धको जनसमर्थनका रूपमा दाबी गरे पनि सर्वसाधारणमा युद्ध अन्त्यको माग बढ्दै गएको छ । उनले भनिन्, "मुख्य प्रश्न अब के हुन्छ भन्ने हो । नयाँ सैन्य परिचालन, नयाँ दमन र कठोर कदमहरू बढ्न सक्नेमा ठूलो चिन्ता छ ।"

यसैबीच पश्चिमी देशहरूले यस निर्वाचनको कडा आलोचना गरेका छन्। युरोपेली सङ्घकी शीर्ष कूटनीतिज्ञ काजा कल्लासले निर्वाचनलाई "तथाकथित" भन्दै खारेज गरिन् । "क्रेमलिनले असहमतिको आवाज दबायो, एकमात्र युद्धविरोधी दललाई प्रतिबन्ध लगायो र अन्तर्राष्ट्रिय अनुगमनकर्तालाई बाहिर राख्यो । रुसमा अब लोकतन्त्रको खोल मात्र बाँकी छ," कल्लासले भनिन्। त्यसैगरी बेलायत, क्यानडा र अस्ट्रेलियासहित पाँच देशहरूले संयुक्त विज्ञप्ति जारी गर्दै युक्रेनका कब्जा गरिएका भूभागमा गराइएको यस चुनावलाई "प्रहसन" को संज्ञा दिँदै भर्त्सना गरेका छन् । एजेन्सी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्सेमा देखिएको प्राविधिक समस्या समाधान, सेयर बजार आज खुल्ने

नेप्सेमा देखिएको प्राविधिक समस्या समाधान, सेयर बजार आज खुल्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएको छ । समस्या समाधान भएसँगै आजदेखि सेयर बजार खुल्ने भएको छ ।
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ ।
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।