नेभिगेशन
समाज

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाए

भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका सदस्यसहित २७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका १० जना माओवादी विद्रोहीलाई मृत्युदण्डको सजाय तोकिएको फैसला सुनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दोषीलाई मृत्युदण्ड दिनुअघि राज्यविरुद्ध षड्यन्त्र र युद्ध भड्काउने लगायतका थुप्रै अपराधका लागि दोषी ठहर गरिएको भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले  जनाएको छ ।

Marvel
Extreme Energy

सन् १९६० को दशकमा सुरु भएको लगभग छ दशक लामो माओवादी विद्रोहमा १२ हजारभन्दा बढी मानिस मारिएका थिए भने यस घटनालाई एकजना पूर्वप्रधानमन्त्रीले भारतले सामना गरेको सबैभन्दा ठुलो आन्तरिक सुरक्षा खतराका रूपमा वर्णन गर्नु गरेका थिए । 

“रेड कोरिडोर”मा निरन्तर सैन्य आक्रमण पछि विद्रोहलाई प्रभावकारी रूपमा पराजित गरिएको छ, जहाँ छापामारले सरकारलाई प्रतिस्थापन प्रयास गरेर आफ्नै समानान्तर प्रशासन स्थापना गरेका थिए । 
    
सन् २०१३ मे महिनामा भारतको मध्यराज्य छत्तीसगढको दुर्गम वन क्षेत्रमा स्थलगत रूपमा बन्दुक आक्रमण हुँदा काङ्ग्रेस पार्टीको शीर्ष राज्य नेतृत्वलाई समाप्त गरिदिएको थियो । 

आक्रमणकारीले विस्फोटक उपकरण विस्फोट गरी अन्धाधुन्ध गोलीबारी गरेको र मानिसको समुहमा ग्रेनेड फ्याकेर आक्रमण गरेको एनआइएले समाचार एजेन्सीले जनाएको छ ।

एजेन्सीले आफ्नो अनुसन्धानले १० जना माओवादी कार्यकर्ता वरिष्ठ कङ्ग्रेस नेता र सुरक्षाकर्मीमाथि आक्रमण र हत्या गर्ने आपराधिक षड्यन्त्रमा संलग्न रहेको पुष्टि भएको बताएको छ ।

भारतमा यसअघि मृत्युदण्डको सजाएअनुसार सन् २०२० मार्चमा सन् २०१२ मा दिल्ली बसमा एक महिलाको सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा चार जनालाई फाँसी दिइएको थियो जसले देशव्यापी विरोधलाई भड्काएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।