नेभिगेशन
समाज

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

चितवन । निरन्तरको भारी वर्षा र मुख्य राजमार्गमा खसेको पहिरोका कारण काठमाडौँ उपत्यकातर्फ जाँदै गरेका सयौँ मालबाहक सवारीसाधन बाटोमै अलपत्र परेका छन् । भारत र तराई–मधेशका जिल्लाबाट खाद्यान्नसहित अन्य वस्तु लिएर काठमाडौँ हिँडेका धेरै ट्रक बाटोमै अड्किएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर बस्नुपर्दा सवारी चालक तथा सहचालकहरूले खानेपानी, खाना र शौचालयजस्ता प्राथमिक आवश्यकताको चरम अभाव झेलिरहेका छन् ।

Ncell
Extreme Energy

कपिलवस्तुबाट खाद्यान्न बोकेर काठमाडौँतर्फ हिँडेका चालक शंकर परियार असोज ८ गतेदेखि नारायणगढ बाइपासको सडक किनारमै रोकिएका छन् । गाडीभित्रै सुत्न र रात बिताउन बाध्य भएका उनी आफ्नो सास्ती पोख्दै भन्छन्, ‘खान पाउँदैन टाइममा, यहाँ बाथरुमको सुविधा पनि छैन । खाना खान पनि यहाँबाट अटो भाडा तिरेर पुग्नुपर्छ। अगाडि रामनगरसम्म जान पाए त खाना लाउन सबै मिल्थ्यो होला ।’ तीन दिनदेखि एउटै ठाउँमा रोकिँदा उनीजस्तै अन्य चालकहरू पनि गाडीभित्रै कष्टकर समय बिताइरहेका छन् ।

भारतको बिहारबाट सामान बोकेर आएका चालकको समस्या झनै जटिल बनेको छ । नेपाली सिम र अनलाइन भुक्तानी नचल्ने तथा हातमा नेपाली नगद नहुँदा चाउचाउ र साथीभाइको भर पर्नुपरेको छ । अधिकांश ट्रक चालकले जसोतसो ट्रकभित्रै खाना बनाए पनि शौचालयको समस्या प्रमुख बनेको छ ।

खाद्यान्न बोकेको ट्रकका चालक नन्दलाल चौधरी ट्रकभित्रै खाना बनाउँदै गरेको भेटिए । ‘बाटोमा बस्दा दुःख त धेरै छ, तर बाटोको समस्याले गर्दा ड्राइभरको जिन्दगी नै यस्तै हो। जस्तोसुकै भएपनि बजारमा खाद्यान्न त पुर्‍याइदिनै पर्यो, नपुर्‍याए ठाउँमा समस्या पर्छ’, उनले सुनाए ।

चालकहरूले मानवीय असुविधाको  झेलिरहेको गुनासो गरिरहँदा चितवनका ट्राफिक प्रमुख प्रहरी निरीक्षक अनिल थापा भने सवारी साधनहरूलाई सुरक्षित र बस्ती भएका स्थानहरूमा मात्र नियन्त्रित रूपमा रोकिएको बताउँछन् । गाडीहरूलाई जङ्गल क्षेत्रमा नरोकी आँपटारी, गुम्बा तथा मन्दिर आसपासका बस्तीमा रोकिएकाले नजिकैका होटल र सार्वजनिक शौचालयको प्रयोग गर्न सकिने प्रहरीको भनाइ छ।

सडकको वस्तुस्थितिबारे जानकारी दिँदै ट्राफिक प्रमुख थापाले पोखरातर्फको राजमार्ग खुला रहेपनि काठमाडौँ जाने मुख्य मार्गमा भने कुरिनटार नजिकै सडक धसिएको र सो भागको माथिल्लो तर्फबाट एकतर्फी गाडी चलाउन सकिने अवस्था रहेको बताए । 

उनकाअनुसार काठमाडौँ खण्डतर्फ मुख्य रूपमा धादिङ क्षेत्रका ६÷७ ठाउँमा पहिरो खसेकाले बाटो मुख्य रूपमा अवरुद्ध भएको हो । थप पानी परेन र पहिरो हटाउने कार्य निरन्तर अघि बढ्यो भने छिट्टै बाटो खुलाउन सकिने अनुमान ट्राफिक प्रहरीको छ। बाटो खुल्ने पर्खाइमा बसेका सयौँ चालकहरू भने अहिले पनि सडक किनारमै राजमार्ग खुल्ने आशामा छन् ।

तस्बिरः निशा श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी

truck-(1)-1790418981.jpg

truck-(10)-1790418980.jpg

truck-(11)-1790418980.jpg

truck-(8)-1790418979.jpg

truck-(9)-1790418979.jpg

truck-(6)-1790418977.jpg

truck-(7)-1790418977.jpg

truck-(4)-1790418976.jpg

truck-(5)-1790418976.jpg

truck-(3)-1790418974.jpg

truck-(2)-1790418974.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...