नेभिगेशन
समाज

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

चितवन । निरन्तरको भारी वर्षा र मुख्य राजमार्गमा खसेको पहिरोका कारण काठमाडौँ उपत्यकातर्फ जाँदै गरेका सयौँ मालबाहक सवारीसाधन बाटोमै अलपत्र परेका छन् । भारत र तराई–मधेशका जिल्लाबाट खाद्यान्नसहित अन्य वस्तु लिएर काठमाडौँ हिँडेका धेरै ट्रक बाटोमै अड्किएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर बस्नुपर्दा सवारी चालक तथा सहचालकहरूले खानेपानी, खाना र शौचालयजस्ता प्राथमिक आवश्यकताको चरम अभाव झेलिरहेका छन् ।

Ncell
Extreme Energy

कपिलवस्तुबाट खाद्यान्न बोकेर काठमाडौँतर्फ हिँडेका चालक शंकर परियार असोज ८ गतेदेखि नारायणगढ बाइपासको सडक किनारमै रोकिएका छन् । गाडीभित्रै सुत्न र रात बिताउन बाध्य भएका उनी आफ्नो सास्ती पोख्दै भन्छन्, ‘खान पाउँदैन टाइममा, यहाँ बाथरुमको सुविधा पनि छैन । खाना खान पनि यहाँबाट अटो भाडा तिरेर पुग्नुपर्छ। अगाडि रामनगरसम्म जान पाए त खाना लाउन सबै मिल्थ्यो होला ।’ तीन दिनदेखि एउटै ठाउँमा रोकिँदा उनीजस्तै अन्य चालकहरू पनि गाडीभित्रै कष्टकर समय बिताइरहेका छन् ।

भारतको बिहारबाट सामान बोकेर आएका चालकको समस्या झनै जटिल बनेको छ । नेपाली सिम र अनलाइन भुक्तानी नचल्ने तथा हातमा नेपाली नगद नहुँदा चाउचाउ र साथीभाइको भर पर्नुपरेको छ । अधिकांश ट्रक चालकले जसोतसो ट्रकभित्रै खाना बनाए पनि शौचालयको समस्या प्रमुख बनेको छ ।

खाद्यान्न बोकेको ट्रकका चालक नन्दलाल चौधरी ट्रकभित्रै खाना बनाउँदै गरेको भेटिए । ‘बाटोमा बस्दा दुःख त धेरै छ, तर बाटोको समस्याले गर्दा ड्राइभरको जिन्दगी नै यस्तै हो। जस्तोसुकै भएपनि बजारमा खाद्यान्न त पुर्‍याइदिनै पर्यो, नपुर्‍याए ठाउँमा समस्या पर्छ’, उनले सुनाए ।

चालकहरूले मानवीय असुविधाको  झेलिरहेको गुनासो गरिरहँदा चितवनका ट्राफिक प्रमुख प्रहरी निरीक्षक अनिल थापा भने सवारी साधनहरूलाई सुरक्षित र बस्ती भएका स्थानहरूमा मात्र नियन्त्रित रूपमा रोकिएको बताउँछन् । गाडीहरूलाई जङ्गल क्षेत्रमा नरोकी आँपटारी, गुम्बा तथा मन्दिर आसपासका बस्तीमा रोकिएकाले नजिकैका होटल र सार्वजनिक शौचालयको प्रयोग गर्न सकिने प्रहरीको भनाइ छ।

सडकको वस्तुस्थितिबारे जानकारी दिँदै ट्राफिक प्रमुख थापाले पोखरातर्फको राजमार्ग खुला रहेपनि काठमाडौँ जाने मुख्य मार्गमा भने कुरिनटार नजिकै सडक धसिएको र सो भागको माथिल्लो तर्फबाट एकतर्फी गाडी चलाउन सकिने अवस्था रहेको बताए । 

उनकाअनुसार काठमाडौँ खण्डतर्फ मुख्य रूपमा धादिङ क्षेत्रका ६÷७ ठाउँमा पहिरो खसेकाले बाटो मुख्य रूपमा अवरुद्ध भएको हो । थप पानी परेन र पहिरो हटाउने कार्य निरन्तर अघि बढ्यो भने छिट्टै बाटो खुलाउन सकिने अनुमान ट्राफिक प्रहरीको छ। बाटो खुल्ने पर्खाइमा बसेका सयौँ चालकहरू भने अहिले पनि सडक किनारमै राजमार्ग खुल्ने आशामा छन् ।

तस्बिरः निशा श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी

truck-(1)-1790418981.jpg

truck-(10)-1790418980.jpg

truck-(11)-1790418980.jpg

truck-(8)-1790418979.jpg

truck-(9)-1790418979.jpg

truck-(6)-1790418977.jpg

truck-(7)-1790418977.jpg

truck-(4)-1790418976.jpg

truck-(5)-1790418976.jpg

truck-(3)-1790418974.jpg

truck-(2)-1790418974.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...

भर्खरै