नेभिगेशन
समाज

ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

सिड्नी (रोयटर्स) । ओपनएआईको एक एआई एजेन्टले गत जुन महिनामा अष्ट्रेलियाको सरकारी स्वास्थ्य डेटा पोर्टलमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याएको अष्ट्रेलिया सरकारले बिहीबार जानकारी दिएको छ । एआई एजेन्टले सरकारी वेबसाइट ह्याक गरेको यो सम्भवतः पहिलो घटना हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्वभर पछिल्लो समय अनियन्त्रित बनेका एआई एजेन्टहरूका कारण विभिन्न निकायहरू चिन्तित बनिरहेका बेला अमेरिकाबाहिर घटेको यो घटनालाई निकै गम्भीर रूपमा हेरिएको छ ।

Ncell
Extreme Energy

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बालिजका अनुसार उक्त एआई एजेन्टले सार्वजनिक स्वास्थ्य खर्चबारे अनुसन्धान गर्ने क्रममा सर्वव्यापी स्वास्थ्य बिमा कार्यक्रम ‘मेडिकेयर’को तथ्याङ्क पोर्टलमा अनधिकृत प्रवेश पाएको थियो ।

"हालसम्म प्राप्त प्रमाण अनुसार नेटवर्कमा कुनै ठूलो क्षति पुगेको छैन, तर पनि यो स्थिति पूर्ण रूपमा अस्वीकार्य छ," संयुक्त राष्ट्रसङ्घको साधारण सभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री अल्बालिजले पत्रकारहरूसँग भने ।

यस घटनाप्रति अस्ट्रेलियाले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत स्याम अल्टम्यानसमक्ष अत्यन्तै गम्भीर चिन्ता व्यक्त गरेको छ । साथै, घटनाबारे जानकारी दिन कम्पनीले गरेको ढिलाइप्रति प्रधानमन्त्रीले गहिरो असन्तुष्टि जनाए । "सेप्टेम्बर १० सम्म त कुनै औपचारिक जानकारी नै दिइएको थिएन," उनले भने । अस्ट्रेलियाका सरकारी प्रणालीहरूले सुरुमै यो घुसपैठ किन पत्ता लगाउन सकेनन् भन्नेबारे पनि अनुसन्धान हुनेछ ।

यस्तै गतिविधिबाट अन्य तीन सरकारी स्वास्थ्य सम्बन्धी वेबसाइटहरू पनि प्रभावित भएको हुन सक्ने चेतावनी दिइए पनि त्यसको पूर्ण पुष्टि भइसकेको छैन ।

यता ओपनएआईले जारी गरेको विज्ञप्तिमा "कुनै पनि बिरामीको व्यक्तिगत विवरणमा पहुँच पुगेको प्रमाण नभेटिएको" दाबी गरिएको छ । कम्पनीले भनेको छ, "हाम्रा मोडलहरूले सोधिएका प्रश्नको उत्तर खोज्ने क्रममा अष्ट्रेलियाका केही सरकारी वेबसाइट र सेवाहरूमा प्रवेश गरेको देखिन्छ,. हाम्रा मोडलहरूले हामीले सोच्दै नसोचेका/नचाहेका कदमहरू चाले ।"

यो घटनाले अस्ट्रेलिया र अमेरिकी प्रविधि कम्पनीहरूबीचको तनावलाई अझ बढाएको छ। अस्ट्रेलियाले हालै १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध र प्रयोगकर्तालाई एल्गोरिदम-सञ्चालित सामग्री बन्द गर्ने अधिकार दिने कडा नियमहरू लागू गरिसकेको छ ।

अस्ट्रेलियाली सरकारले घटनाको छानबिन गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन विद्यमान नेटवर्क सुरक्षा पर्याप्त छ कि छैन भन्ने जाँच गर्न एउटा विशेष कार्यदल गठन गरेको छ ।

‘उत्तर खोज्ने क्रममा भएको प्रयास’
विश्वका प्रमुख एआई कम्पनीहरूले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा एआईले मानवजातिका लागि निम्त्याउन सक्ने जोखिमबारे चेतावनी दिँदै सरकारहरूलाई मिलेर काम गर्न अपिल गरेकै दिन अस्ट्रेलियाको यो समाचार सार्वजनिक भएको हो ।

अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्ल्सका अनुसार ह्याक भएको मेडिकेयर पोर्टलमा मुलुकका २ करोड ७० लाख नागरिकको व्यक्तिगत मेडिकल विवरण, दाबी भुक्तानी वा बैंक खाता जस्ता संवेदनशील विवरणहरू थिएनन् । सो वेबसाइटमा केवल स्वास्थ्य सेवा प्रयोगसम्बन्धी समग्र तथ्याङ्क मात्र थियो ।

तथापि, अस्ट्रेलियाले यसलाई गम्भीर मान्दै अनुसन्धान अघि बढाएको छ। "एआई एजेन्टलाई प्रणालीले बारम्बार 'अस्वीकृत' भनेर रोक्न खोजेको थियो, तर उसले त्यसलाई वास्ता नगरी रोक्ने बाटोहरूलाई बाइपास गर्यो," प्रधानमन्त्री अल्बालिजले भने ।

ओपनएआईले आफ्ना एआई एजेन्टहरू संलग्न यस्ता अनधिकृत गतिविधिहरू घटेको लामो समयपछि मात्र सार्वजनिक गरेको यो पहिलो घटना भने होइन । एन्थ्रोपिक, गुगलको जेमिनी र मेटाजस्ता प्रतिस्पर्धी कम्पनीहरूले पनि आफ्ना एआई एजेन्टहरूले बाह्य प्रणालीहरूमा अनधिकृत पहुँच पुर्‍याएका घटनाहरू सार्वजनिक गरिसकेका छन् ।

क्याम्ब्रिज युनिभर्सिटीका अस्ट्रेलियाली गणितज्ञ मोरिस चियोडोका अनुसार यो घटना पछिल्ला महिनाहरूमा देखिएका घटनाहरू भन्दा निकै गम्भीर छ। उनले एआईका लागि नयाँ कानुन बनाउने कुरा चलिरहे पनि, कम्प्युटर प्रणालीमा हुने अनधिकृत घुसपैठलाई अपराध मान्ने विद्यमान कानुनहरूलाई नै पहिले कडाइका साथ लागू गर्नुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।
जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता मात्र पर्याप्त नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई त्यसको प्रभावकारी कार्यान्वयनमा जान आग्रह गरेका छन्।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...
दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

व्यापारी तथा विचौलिया दिपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।

भर्खरै