नेभिगेशन
सबै कुरा

वर्तमान सरकारको कामप्रति जनता सन्तुष्ट छैनन्, के गर्याै भनेर साेधे भने दिने जवाफ भएन : काँग्रेस नेतृ संग्राैला

काठमाडाैँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताएका छन् । 

मंगलबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको बताएका हुन् ।काँग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनमा भएकाहरु अल्मलिएको पाइएको उनले बताए । नेतृ संग्रौलाले भनिन्,‘हामी गठबन्धनको सरकारमा छौँ । हामीले एमालेसँग गठबन्धन गरेर सरकारमा जाँदै गर्दा जनताले विकासको अनुभुति गर्न नपाएको गुनासो गरेका छन् । उनीहरु सन्तुष्ट छैनन् । १, २, ३, ४ गर्दै के काम गर्यौ भनेर सोधेभने भन्ने जवाफ छैन । सरकार कताकता आफ्नै कारणले अलमल गरेको छ जस्तो अनुभुति हामीले गरेका छौँ भनेर भन्न थालेका छन्, जनता ’

उनले मुलुकको अस्थीरताका लागि र संविधान संशोधनका लागि ठूला दल मिलेर सरकार बनाएको भन्दै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए । संविधान संशोधनमा निर्वाचन प्रणााली सहितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडी बढेको उनले बताए । 

संग्रौलाले क्रियाशिल वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको बताउँदै समयमै काँग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको धारणा राखे । काँग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागी उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...