नेभिगेशन
सबै कुरा

कांग्रेस र नेकपा एमालेको कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई सुरु गर्छाैँ : गृहमन्त्री लेखक

काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले कांग्रेस र नेकपा एमालेको कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशन तथा ४२ औं वार्षिक साधारण सभामा बोल्दै गृहमन्त्री लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको भन्दै छिटै दुई दलीय कार्यदल बनाएर छलफल सुरु गर्ने बताएका हुन् । उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति बनाउने जिकिर गरे । 

Ncell
Extreme Energy

संविधानको समिक्षाका साथै बिषयबस्तुको पहिचान गरेर संशोधनको प्रक्रिया अघि बढाइने उनले बताए । गृहमन्त्री लेखकले संविधान संशोधनका लागि भने केहि समय लाग्ने धारणा राखे  ।

उनले समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउनका लागि संविधान संशोधन गरिने प्रतिवद्धता जनाए । 

लेखकले संविधानको भावना अनुसारको कानून बन्न नसकेकाले दलित समूदायको अधिकार प्रत्याभूत हुन नसकेको उल्लेख गरे । दलित समूदायको अधिकार स्थापीत गर्नका लागि थप कानून निर्माण गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...