नेभिगेशन
सबै कुरा

समितिको गरिमा समेत ख्याल नगरी रविविरुद्ध रामहरि, राज्य व्यवस्था समितिमा सुनाए निलम्बनको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मङ्गलबार संसद्को समितिमा रविविरुद्ध स्टण्ट देखाए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफैँमा विवादित सांसद समेत रहेका खतिवडाले समितिको बैठक सुरु भएलगत्तै समितिका सदस्य रवि लामिछानले समितिबाट निलम्बित भएको निर्णय पढेर सुनाए ।  जबकी संसद् सचिवालयले कानुनअनुसार सोमबार नै रवि प्रतिनिधिसभा सदस्य नरहेको भनी निलम्बन भएको सूचना टाँस गरिसकेको छ ।

Ncell
Extreme Energy

सांसदको सदस्य नरहेको सदस्य सार्वभौम संसद् अन्तर्रगतको समितिको सदस्य रहने कुरै आउँदैन । तर, आफ्नो पदीय मर्यादासमेत ख्याल नगरी समितिका सभापति खतिवडाले समितिबाट पनि रविलाई निलम्बन गर्ने निर्णय गरे ।    

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति समेत रहेका रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

सहकारी रकम अपचलनको आरोपमा उनी गत कात्तिक २ गते पक्राउ परेका थिए । 

६४ दिन लामो प्रहरी हिरासत बसाइपछि उनी विरुद्धको अनुसन्धान प्रतिवेदन कास्की प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय हुँदै अदालतमा पेश गरेको छ । 

आइतबार कास्की जिल्ला अदालतमा लामिछानेसहित विरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण आरोपमा मुद्दा दर्ता गरेपछि उनी न्यायिक हिरासतमा छन् । अदालतमा उनीसहितका प्रतिवादी विरुद्ध बयान र थुनछेकको तयारी भइरहँदा  लामिछाने संसद सदस्यबाट पनि हटिसकेका छन् । तर, उनीमाथिको नियोजित प्रहारमा सरकार र कांग्रेस नेताहरु लागि परिरहेकै छन् । त्यसै शृङ्खलाको एक घटना मङ्गलबारको समितिको बैठकमा पनि भयो ।   

सम्पत्ति शुद्धिकरणको अभियोगमा मुद्दा दर्ता गरेको भन्दै कास्की प्रहरीले संसदलाई जानकारी गराएपछि सोमबार लामिछानेलाई संसद सदस्यबाट निलम्बन गरिएको थियो । 

संसदले आधिकारिक सूचना जारी गरेर सदस्य पदबाट निलम्बन गरिसकेपछि संसद भित्रको समितिहरूमा रहेका सदस्यलाई समितिपिच्छे निलम्बन गरिरहन कुनै कानुनले अख्तियारी दिएको छैन । 

सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय संसदको कानूनले निलम्बन भइसकेको सदस्यका हकमा संसदका समितिहरूले छुट्टाछुट्टै निलम्बन गर्न जरुरी नरहेको बताउँछन् । 

‘संसदको कानुनअनुसार निलम्बन भइसकेको सदस्यलाई पुनः अन्य समितिहरुले निलम्बन गर्ने कानुनी व्यवस्था छैन,’ महासचिव पाण्डेयले भने, ‘शुसासन समितिले यो किन गरेको हो । हाम्रो जानकारीमा छैन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...