नेभिगेशन
सबै कुरा

सामान्य प्रशासन मन्त्री गुप्ताका स्वकीय सचिव पटेलले मागे सरुवामा ७ देखि १० लाख घुस

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताका स्वकीय उपसचिव शिव पटेलले घुसको मोलमोलाइ गरेको संवाद सार्वजनिक भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

पर्सा जिल्ला भित्रैको एक पालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवाका लागि उनले गरेको मोलमोलाइको ह्वाट्सएप संवाद सिधाकुराले फेला पारेको छ। 

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताको विश्वास पत्र रहेका पटेलले जिल्ला कै एक पालिकामा कार्यरत कर्मचारीलाई निमित्त प्रमुख बनाउन ७ देखि १० लाख रुपैयाँ लाग्ने बताएका थिए ।

सिधाकुरालाई प्राप्त उक्त संवादमा कोही अर्को व्यक्तिसँग मन्त्रीका स्वकीय पटेलले सहयोग राशीका नाममा घुसको कुराकानी गरेका छन् । पठाउन लागेको पालिकाका मेयरले स्वीकार गरेको खण्डमा पठाउन सकिने भन्दै पटेलले सहयोग रकम कति भनेर ति संवादकर्तालाई सोधेका पनि छन् । 


सरुवाको रेट ७ देखि १० सम्म भनेर रकम कोडमा सङ्केत गरिएको छ । सिधाकुराले गरेको खोजमा सो भनेको ७ देखि १० लाख रुपैयाँ हो । ‘त्यहाँको मेयरले स्वीकार गर्छकी नाई ?’ पटेलले साधेका छन् । जवाफमा अर्का एक संवादकर्ताले भन्छन्, ‘काम गरी दिउँ अनि जाने ठाउँको मेयरको सिफारिस पनि छ, आज म हजुर भएको ठाउँमा सिफारिस लिएर पठाई दिउँ ?’ 

त्यसपछि पटेलले प्रश्न गर्छन, ‘सहयोग राशि ? ’ कर्ताले भन्छन् ‘हुन्छ, त्यो मसँग आउँछ । कति भनु । रवि शङ्कर ठाकुर नामको मान्छे हजुर कहाँ आउँछ मेरो नाम लिएर ।’ पटेलले सोध्छन् ‘रेट त हजुरले थाहा पाइसक्नु भाछ नी ’      

पटेल पर्साको बहुदरमाई नगरपालिकामा २०७९ वैशाखमा भएको स्थानीय चुनावमा एमालेबाट मेयर पदमा निर्वाचन लडेका थिए । तर, जसपाका सिंगासन सा तेलीसँग उनी पराजित भए । 


निर्वाचनमा पराजित भए पनि उनी नगरपालिकामा आफ्नो रबाफ देखाई रहन्थे । तर, २०८१ असार अन्तिम साता केपी ओली नेतृत्वको सरकार बन्दा पटेललाई विश्वास पात्र मान्ने राजकुमार गुप्ता संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री बने ।

पटेल २०८१ साल श्रावण ९ गते मन्त्री गुप्ताको स्वकीय उपसचिवमा नियुक्त भए । उनै पटेलले २०८१ भदौ १९ गते गरेको घुसको मोलमोलाइ सिधाकुराले प्राप्त गरेको हो । सेप्टेम्बर ४ को दिन १२ः १५ देखि १२ः ५१ सम्मको संवादमा सरुवाको लागि आर्थिक लेनदेनको कुराकानी भएको छ । 

पटेलको सो सम्वादबारे हामीले उनीसँग पटक पटक सत्याता माग गरेका थियौँ । पटेलले सोमबार सो विषयमा आफूलाई अनायसै मुछिएको भन्दै कुराकानी अस्वीकार गरे । आफू प्रतिष्ठित ठाउँमा पहिल्यै नियुक्ति खाइसकेको भन्दै उनले घुसका लागि आफूले कहिल्यै काम नगर्ने दाबी गरे ।

‘म विभिन्न सरकारी निकायमा नियुक्ती खाएर पनि रिटायर्ड भएको मान्छे हुँ । मलाई यस्तो नराम्रो काम गरेर घुस खानु पर्दैन,’ पटेलले सोमबार सिधाकुरासँग भनेका थिए, ‘यो झुट हो । मेरो विरुद्ध अफवाह फैलाइएको हो । म यसका लागि कानुनी उपचारमा जान्छु ।’ 

तर, मंगलबार साँझ सिधाकुराले पुनः उनीसँग यस विषयमा जान्न सम्पर्क गरेको थियो । सिधाकुरासँगको भिडियो सम्वादमा उनले त्यो विषयमा सिधाकुरालाई समाचार नलेख भन्न नसक्ने बताए । ‘त्यो कुरा तीन चार महिना अघिको हो,’ पटेलले आज सिधाकुरासँग भने,‘साथी भाईले आज दुश्मनी साँधे ठिकै छ।’ 

सिधाकुराले पटेलले कुरा गर्ने अर्का मानिसहरुसँग उनको फोन र सम्वाद पनि मागेर हेरेको थियो । जसमा उनको ह्वाटसएप प्रोफाइल भने घुस मागेको प्रोफाइलसँग मिल्ने देखिन्छ ।

पटेलले घुसको कुरा गरेको भनेका व्यक्तिसँग पनि सिधाकुराले सम्पर्क गरेको थियो । तर, उनले सो सम्वादले आफैं फस्ने भन्दै सुरुमा तर्किए । परिचय नखुलाउने सर्तमा उनले सो कुराकानी चार महिना अघि भएको बताए । ‘यो चार महिना अघिको कुुरा हो । भो अहिले यस विषयमा कुरा नगरौँ,’ उनले फोन काटे ।  

यस्तो छ पटेल र स्राेत १(सिधाकुराले गाेप्य राखेकाे )  बीचकाे संवाद 

शिव पटेलः निम्तिमा पठाउन त्यहाँका मेयरले स्वीकार्छ कि ?

स्रोत १: काम गरी दिउँ अनि जाने ठाउँको मेयरको सिफारिस पनि छ, आज म हजुर भएको ठाउँमा सिफारिस लिएर पठाई दिउँ 

शिव पटेलः हुन्छ अनि सहयोग राशि

स्रोत १ :  हुन्छ त्यो मसँग आउँछ, अनि कति भनुँ ? रविशंकर ठाकुर नामको मान्छे हजुर कहाँ आउँछ मेरो नाम लिएर 

शिव पटेलः रेट त हजुर थाहा पाइसक्नु भएछ नी ।  

स्रोत १ : छैन हजुर । 

शिव पटेलः ७ देखी १० सम्म  ।

स्रोत १ : हुन्छ, म त्यही अनुसार कुरा गरुँला, कुरा मिले भने हजुरले फाइनल गर्दिनुपर्ला, त्यो मान्छे आउँदैछ नभए हजुरलाई कुरा गर्न मिले हजुरले नै भने पनि हुन्छ, नभए म छँदै छु । अस्ति मैले पठाको पुलिसको चाहिँ के भयो दाजु ।  

शिव पटेलः ठाकुरलाई मैले भेटेको काम हुन्छ बाँकी कुरो टुंग्याउनु आजै काम अगाडी बढाउँला । 

स्रोत १ : हुन्छ, म कुरा गर्छु, हजुर ५ः५० सम्म मिलाउनु भन्ने कुरा आयो नी त के भनी दिउँ ।  

शिव पटेल : ७ देखि ९ ।

स्रोत १ : आजै अहिले नै म सँग आउँछ । 

शिव पटेल : हजुरले ७ देखि ९ लिएर मलाई जानकारी पाउँ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...