नेभिगेशन
सबै कुरा
शोभा पाठक विरुद्ध साइबर अपराध मुद्दा

महेश र शोभाको मुद्दा मिलाउन त्रिपाठीको इन्ट्री, अन्त्यमा दुई बीच नै झगडा

काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी धादिङकी शोभा पाठक नाम बताउने जानुका पाठक विरुद्ध साइबर अपराध कसुरमा मुद्दा दर्ता भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पाठक विरुद्ध मङ्गलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । 

उनी विरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत राजकुमार त्रिपाठी नाम गरेका व्यक्तिको चरित्र हत्या गरेको आरोप लगाइएको छ । सामाजिक सञ्जालमार्फत गाली बेइज्जत गरी सामाजिक जीवन समाप्त पार्ने उद्देश्यले चरित्र हत्या गरिएको भन्दै पाठकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा (१)  र (२) बमोजिम कारबाही माग गरिएको छ ।

अभियोग पत्रमा शोभा उर्फ जानुका पाठकले दिएको बयानअनुसार महेश बस्नेत र आफू बीचको विवाद मिलाउन छोरी नाता लगाएर आएका राजकुमार त्रिपाठीले धोका दिएपछि सामाजिक सञ्जालमा आरोप प्रत्यारोप भएको थियो ।  

त्रिपाठीले बस्नेतसँग मिलेर धोका दिएपछि त्रिपाठी विरुद्ध सामाजिक सञ्जालमा गाली गरेको पाठकले प्रहरी समक्ष स्वीकारी बयान गरेकी छिन् । निवेदक त्रिपाठीले भने यस विषयमा केही खुलाएका छैनन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...