नेभिगेशन
सबै कुरा
शोभा पाठक विरुद्ध साइबर अपराध मुद्दा

महेश र शोभाको मुद्दा मिलाउन त्रिपाठीको इन्ट्री, अन्त्यमा दुई बीच नै झगडा

काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी धादिङकी शोभा पाठक नाम बताउने जानुका पाठक विरुद्ध साइबर अपराध कसुरमा मुद्दा दर्ता भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पाठक विरुद्ध मङ्गलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । 

Everest cinsult

उनी विरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत राजकुमार त्रिपाठी नाम गरेका व्यक्तिको चरित्र हत्या गरेको आरोप लगाइएको छ । सामाजिक सञ्जालमार्फत गाली बेइज्जत गरी सामाजिक जीवन समाप्त पार्ने उद्देश्यले चरित्र हत्या गरिएको भन्दै पाठकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा (१)  र (२) बमोजिम कारबाही माग गरिएको छ ।

अभियोग पत्रमा शोभा उर्फ जानुका पाठकले दिएको बयानअनुसार महेश बस्नेत र आफू बीचको विवाद मिलाउन छोरी नाता लगाएर आएका राजकुमार त्रिपाठीले धोका दिएपछि सामाजिक सञ्जालमा आरोप प्रत्यारोप भएको थियो ।  

त्रिपाठीले बस्नेतसँग मिलेर धोका दिएपछि त्रिपाठी विरुद्ध सामाजिक सञ्जालमा गाली गरेको पाठकले प्रहरी समक्ष स्वीकारी बयान गरेकी छिन् । निवेदक त्रिपाठीले भने यस विषयमा केही खुलाएका छैनन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पोखरा विमानस्थल अनियमितताबारे विशेष अदालतमा मुद्दा दायर

पोखरा विमानस्थल अनियमितताबारे विशेष अदालतमा मुद्दा दायर

आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अदालतका सहप्रवक्ता यज्ञराज रेग्मीलेले जानकारी दिए।
मकवानपुरमा भरूवा बन्दुक सहित एक जना पक्राउ

मकवानपुरमा भरूवा बन्दुक सहित एक जना पक्राउ

निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार...
इनिशा विक प्रकरणको अनुसन्धानबारे के भन्छन् आईजीपी कार्की ?

इनिशा विक प्रकरणको अनुसन्धानबारे के भन्छन् आईजीपी कार्की ?

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका...
सिकारीको गोली लागेर घाँस काट्न गएकी महिला गम्भीर घाइते

सिकारीको गोली लागेर घाँस काट्न गएकी महिला गम्भीर घाइते

स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा उनको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।