नेभिगेशन
सबै कुरा

भारतमा पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सात दिन राष्ट्रिय शोक

भारत सरकारले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सातदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। ९२ वर्षीय सिंहको उपचारका क्रममा दिल्लीस्थित एम्स अस्पतालमा बिहीबार राति निधन भएको हो। 

समाचार एजेन्सी एएनआईका अनुसार उनको निधनमा डिसेम्बर २७ (आज) का सबै सरकारी कार्यक्रम रद्द गरिएका छन्। उनको अन्तिम संस्कार भने शनिबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ।

Dish Home
Global Ime Bank

अन्त्येष्टिका दिन शनिबार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ। उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको लामौ समयदेखि उपचार भइरहेको थियो र बिहीबार घरमा अचानक बेहोस भएका उनलाई तुरुन्तै घरमा सामान्य उपचारपछि राति ८ः०६ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो । 

“सबै प्रयासका बावजुद उनलाई बचाउन सकिएन र राति ९ः५१ बजे उहाँलाई मृत घोषित गरियो, “ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा अवकाश विश्राम लिएका थिए ।सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरे ।

सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उनले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए ।

 उनले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हाले । उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिएका थिए । यसैबीच, भारतीय प्रधानमन्त्री मोदी,लगायतका सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उनलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन् ।

प्रधानमन्त्री मोदीले सिंहको निधनको खबरले आफुलाई दुखी तुल्याएको बताएका छन् । उनले भने, “भारतले आफ्ना एक सम्मानित नेता डा मनमोहन सिंहजीलाई गुमाएको छ। नम्र पृष्ठभूमिबाट उठेर उहाँले एक सम्मानित अर्थशास्त्रीको रूपमा आफ्नो पहिचान बनाउनुएको थियो । 

उहाँले अर्थमन्त्रीलगायत सरकारका धेरै महत्वपूर्ण पदमा रहेर काम गर्नुभएको थियो । उहाँ हाम्रो आर्थिक नीतिमा गहिरो छाप छोड्नु भएको छ । संसद्मा उहाँको विचारशील हस्तक्षेप सधैं अविस्मरणीय रह्यो । प्रधानमन्त्रीका रूपमा उहाँले जनताको जीवनस्तर उकास्न अथाह प्रयास गर्नुभयो ।”

कांग्रेस नेता राहुल गांधीले पनि दिवंगत नेताप्रति श्रद्धाञ्जलि दिँदै शोक सन्तप्त परिवारजनमा समवेदना दिएका छन् । उनले भनेका छन्, “मनमोहन सिंहजीले ठूलो बुद्धि र निष्ठाका साथ भारतको नेतृत्व गर्नुभयो। उहाँको नम्रता र अर्थशास्त्रको गहिरो ज्ञानले सम्पूर्ण राष्ट्रलाई प्रेरित गर्यो।”

 उनले भने , “उहाँको परिवारप्रतिे हार्दिक समवेदना प्रकट गर्दछु । मैले एक जना गुरु र मार्गदर्शक गुमाएको छु । हामीमध्ये लाखौं उहाँका शुभचिन्तक थियौं । हामी उहाँलाई गर्वका साथ सम्झनेछौं।”

 उनले भने, “मनमोहन सिंहजी प्रधानमन्त्री हुँदा र म गुजरातको मुख्यमन्त्री हुँदा मसँग नियमित कुराकानी गर्नुहुन्थ्यो। हामीले शासनसँग सम्बन्धित धेरै विषयमा विस्तारमा छलफल गथ्र्यौं । उहाँको विद्वता र नम्रता सधैं सम्झिइनेछ ।“

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अमेरिकाले बन्द गर्यो एमसीसी, नेपालको परियोजना के हुन्छ ?

अमेरिकाले बन्द गर्यो एमसीसी, नेपालको परियोजना के हुन्छ ?

संघीय खर्च कटौती गर्ने अभियानअन्तर्गत यस्तो कदम चालिएको हो । मंगलबार एमसीसी का कर्मचारीहरूलाई इमेलमार्फत “चाँडै कर्मचारी र कार्यक्रमहरूमा ठूलो कटौती हुने” जानकारी दिइएको सिएनएनले उल्लेख गरेकाे छ...
कश्मीर घटनापछि पाकिस्तानविरुद्ध भारतका पाँच निर्णयः दुतावास बन्द देखि भिसा प्रतिबन्ध

कश्मीर घटनापछि पाकिस्तानविरुद्ध भारतका पाँच निर्णयः दुतावास बन्द देखि भिसा प्रतिबन्ध

पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइएको छ। उनीहरूलाई ४८ घण्टा भित्र देश छोड्न भनिएको छ । अर्को निर्णय नभएसम्म कुनै पनि पाकिस्तानी नागरिकलाई भारतीय भिसा...
टर्कीएको इस्तानबुलमा शक्तिशाली भूकम्प, केही घाइते

टर्कीएको इस्तानबुलमा शक्तिशाली भूकम्प, केही घाइते

कम्पको केन्द्रबिन्दु इस्तानबुलबाट करिब ४० किलोमिटर टाढा, मार्मारा समुद्रमा रहेको थियो । यसको झट्का टेकिरदाग, यालोभा, बुर्सा, बालिकेसिर र इज्मिरसम्म महशुस गरिएको थियो ।
ओली र मोदीबीच टेलिफोन संवाद, आतंकवादविरुद्ध नेपाल भारतको साथमा रहने

ओली र मोदीबीच टेलिफोन संवाद, आतंकवादविरुद्ध नेपाल भारतको साथमा रहने

प्रधानमन्त्री ओलीले आतंकवादी हमलमा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै यस्ता जघन्य कृत्यप्रति नेपाल भारतको साथमा रहेको जानकारी गराएको बताएका छन्  ।