नेभिगेशन
सबै कुरा

दुई तिहाइको सरकारले केही गरेन : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले दुई तिहाइको सरकारबाट पनि जनताले परिवर्तनको आभास नगरेको बताएका छन् । 

शुक्रबार कोटेश्वरमा आयोजित महोत्सव उद्‌घाटन कार्यक्रममा बोल्दै मेयर शाहले यस्तो धारणा राखेका हुन् । तिनकुनेमा सरकारले अधिग्रहण गरेको जग्गाको सन्दर्भ निकाल्दै मेयर शाहले यस्तो बताएका हुन् । 

पचासौँ वर्षदेखि यहाँका सर्वसाधारणको जग्गा लुटिए पनि सरकार नबोलेको उनको आरोप छ ।  ‘पचासौँ वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा विपक्षीले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो । यसपालि त दुई तिहाइको सरकार छ त्यही पनि केही गरेकै छैन । कुनै पनि प्रक्रिया अघि बढेको छैन,’ मेयर शाहले भने । 

तीनकुने पार्क व्यक्तिको जग्गा लुटेर राखिएको स्थान रहेको भन्दै उनले यहाँको मुआब्जा दिन सरकारले प्रक्रिया छिट्टै थालोस् भन्ने शुभकामना पनि दिए । ‘प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमा हुँदा मुआब्जा विवाद समाधान नभए कहिल्यै पनि हुँदैन,’ शाहले भने । 

उनले कोटेश्वरमा वडा समिति देखि गृहमन्त्री, प्रधानमन्त्री, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै स्रोतसाधन आफ्नै भएको भन्दै अहिले यो काम नभए कहिल्यै नहुने ठोकुवा गरे । यो जग्गा सर्वसाधारणबाट लुटिएको पनि उनले बताए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...