नेभिगेशन
सबै कुरा

दुई तिहाइको सरकारले केही गरेन : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले दुई तिहाइको सरकारबाट पनि जनताले परिवर्तनको आभास नगरेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार कोटेश्वरमा आयोजित महोत्सव उद्‌घाटन कार्यक्रममा बोल्दै मेयर शाहले यस्तो धारणा राखेका हुन् । तिनकुनेमा सरकारले अधिग्रहण गरेको जग्गाको सन्दर्भ निकाल्दै मेयर शाहले यस्तो बताएका हुन् । 

Ncell
Extreme Energy

पचासौँ वर्षदेखि यहाँका सर्वसाधारणको जग्गा लुटिए पनि सरकार नबोलेको उनको आरोप छ ।  ‘पचासौँ वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा विपक्षीले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो । यसपालि त दुई तिहाइको सरकार छ त्यही पनि केही गरेकै छैन । कुनै पनि प्रक्रिया अघि बढेको छैन,’ मेयर शाहले भने । 

तीनकुने पार्क व्यक्तिको जग्गा लुटेर राखिएको स्थान रहेको भन्दै उनले यहाँको मुआब्जा दिन सरकारले प्रक्रिया छिट्टै थालोस् भन्ने शुभकामना पनि दिए । ‘प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमा हुँदा मुआब्जा विवाद समाधान नभए कहिल्यै पनि हुँदैन,’ शाहले भने । 

उनले कोटेश्वरमा वडा समिति देखि गृहमन्त्री, प्रधानमन्त्री, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै स्रोतसाधन आफ्नै भएको भन्दै अहिले यो काम नभए कहिल्यै नहुने ठोकुवा गरे । यो जग्गा सर्वसाधारणबाट लुटिएको पनि उनले बताए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...