नेभिगेशन
सबै कुरा

नागार्जुन नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडाैँ । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध भ्रष्टचारको अभियोगमा मुद्दा दायर गरेको हो । 


CG

बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रालि र यसका सञ्चालक राजुप्रसाद कँडेलबाट गैरकानुनी रूपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्रीसमेत गरेर धन आर्जन गरेको आयोगको अभियोग छ । सोही अभियोगमा उनीमाथि ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धिकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


त्यस्तै अख्तियारले मेयर बस्नेतकी श्रीमती उर्मिला बस्नेत र पद्य कोलोनीका सञ्चालक राजुप्रसाद कँडेलविरुद्ध पनि मुद्दा दायर  गरेको  छ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रुपमा कार्यरत उनलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले सोमबार अपराह्न ५ः३५ बजेतिर जाँच गर्दा सुरुवालको दुवै गोजीमा १४४ ग्राम...
मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले आफ्नै घाँटी रेटे

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले आफ्नै घाँटी रेटे

इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार मुकेश सोमबार राति रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेका थिए। त्यही क्रममा पति–पत्नीबीच घरेलु विवाद चर्किंदा घटना घटेको प्रहरीको प्रारम्भिक निष्कर्ष...
कम्बोडिया पठाउने भन्दै  लाखौँ रकम ठगी आरोपमा लामा पक्राउ

कम्बोडिया पठाउने भन्दै  लाखौँ रकम ठगी आरोपमा लामा पक्राउ

पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–४ का ४१ वर्षीय बविलाल लामा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

भर्खरै