नेभिगेशन
सबै कुरा

अघिल्ला सरकारले हावामै फूल पार्दै हावामै चरा उडाउने गर्थे : प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला सरकारप्रति कटाक्ष गरेका छन् । आइतबार नेकपा एमाले पर्सा कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अघिल्ला सरकारले हावामै फूल पार्दै हावामै चरा उडाउने गरेको भन्दै कटाक्ष गरे । 

‘यसअघिका सरकारले हावामै फूल पार्थे, हावामै चरा उडाउँथे ।’, प्रधानमन्त्री ओलीले भने, ‘देशमा शुसासन हुनुपर्छ, विकास निर्माणका कामले रफ्तार लिनुपर्छ भनेर नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर सरकार बनाएका हौँ ।’

City Express

त्यस्तै प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई इंगित गर्दै अर्काको काँध चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउने दिन गएको बताए । ‘अर्काको काँधमा चढेर आफूलाई म्याजिक नम्बर भन्दै धक्कु लगाउने, मनपरितन्त्र चलाउने दिन गए ।’, ओलीले भने ।

पार्टी प्रवेशको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका उनले नेकपा एमालेले देशको विकास गर्ने र विकासको नेतृत्व लिने बताए । 

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा भएको सो कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जैसवाल सहित दर्जनौँ पार्टी प्रवेश गरेका छन् । जयसवालसँगै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका केही कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।