नेभिगेशन
सबै कुरा

अघिल्ला सरकारले हावामै फूल पार्दै हावामै चरा उडाउने गर्थे : प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला सरकारप्रति कटाक्ष गरेका छन् । आइतबार नेकपा एमाले पर्सा कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अघिल्ला सरकारले हावामै फूल पार्दै हावामै चरा उडाउने गरेको भन्दै कटाक्ष गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यसअघिका सरकारले हावामै फूल पार्थे, हावामै चरा उडाउँथे ।’, प्रधानमन्त्री ओलीले भने, ‘देशमा शुसासन हुनुपर्छ, विकास निर्माणका कामले रफ्तार लिनुपर्छ भनेर नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर सरकार बनाएका हौँ ।’

Ncell
Extreme Energy

त्यस्तै प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई इंगित गर्दै अर्काको काँध चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउने दिन गएको बताए । ‘अर्काको काँधमा चढेर आफूलाई म्याजिक नम्बर भन्दै धक्कु लगाउने, मनपरितन्त्र चलाउने दिन गए ।’, ओलीले भने ।

पार्टी प्रवेशको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका उनले नेकपा एमालेले देशको विकास गर्ने र विकासको नेतृत्व लिने बताए । 

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा भएको सो कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जैसवाल सहित दर्जनौँ पार्टी प्रवेश गरेका छन् । जयसवालसँगै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका केही कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...