नेभिगेशन
सबै कुरा
मेलमिलाप दिवस :

लामाे संघर्षपछि आएकाे गणतन्त्रलाई सबल बनाउनु सबैकाे कर्तव्य हाे : सभापति देउवा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकको गणतन्त्रलाई सवल बनाउनु सवैको कर्तव्य भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले मंगलबार क्षेत्रपाटीमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले बिभिन्न आन्दोलन र अग्रजहरुको त्याग र बलिदानीका कारण मुलुकमा गणतन्त्र आएको भन्दै यसलाई सवल बनाउनु सवैको कर्तव्य भएको बताएका हुन् । सभापति देउवाले राष्ट्रिय मेलमिलापको नीतिबाट नै मुलुक अहिलेको अवस्थामा आएको भन्दै हिमाल पहाड तराई सवै क्षेत्रमा रहेका नागरिकलाई एकतावद्ध भएर अघि बढाउनु अहिलेको आवश्यकता रहेको धारणा राखे । 

Ncell
Extreme Energy

सवै पक्षबीच राष्ट्रिय एकता कायम गर्न सके राष्ट्रिय मेलमिलाप दिवसले सार्थकता पाउने उनको भनाइ छ । 

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउदै आएको छ ।  विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्कालगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्केका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

पाण्डेले विज्ञप्ति जारी गर्नुअघि उनलाई प्रधानमन्त्री बालेन शाहको टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर घटनाका बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।
ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

अहिले बजारमा ग्यासको हाहाकार भएपछि संसदीय समितिले छलफल चलाउने भएको छ ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै

पाँच वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै,  विपक्षी दलले ल्याएको सुकुमवासीसम्बन्धी जरुरी महत्वको प्रस्तावमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, विपक्षी दलले ल्याएको सुकुमवासीसम्बन्धी जरुरी महत्वको प्रस्तावमाथि छलफल हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।