नेभिगेशन
सबै कुरा
मेलमिलाप दिवस :

लामाे संघर्षपछि आएकाे गणतन्त्रलाई सबल बनाउनु सबैकाे कर्तव्य हाे : सभापति देउवा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकको गणतन्त्रलाई सवल बनाउनु सवैको कर्तव्य भएको बताएका छन् । 

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले मंगलबार क्षेत्रपाटीमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले बिभिन्न आन्दोलन र अग्रजहरुको त्याग र बलिदानीका कारण मुलुकमा गणतन्त्र आएको भन्दै यसलाई सवल बनाउनु सवैको कर्तव्य भएको बताएका हुन् । सभापति देउवाले राष्ट्रिय मेलमिलापको नीतिबाट नै मुलुक अहिलेको अवस्थामा आएको भन्दै हिमाल पहाड तराई सवै क्षेत्रमा रहेका नागरिकलाई एकतावद्ध भएर अघि बढाउनु अहिलेको आवश्यकता रहेको धारणा राखे । 

सवै पक्षबीच राष्ट्रिय एकता कायम गर्न सके राष्ट्रिय मेलमिलाप दिवसले सार्थकता पाउने उनको भनाइ छ । 

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउदै आएको छ ।  विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्कालगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्केका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...