नेभिगेशन
सबै कुरा

सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकको रूपमा मनाउने सरकारकाे तयारी

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकको रूपमा मनाउने तयारी भइरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल पर्यटन बोर्डको वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले सरकारले सन् २०२५ देखि २०३५ लाई पर्यटक दशकको रूपमा मनाउने भन्दै त्यसको तयारी भइरहेको बताएका हुन् । यसअघि नेपाल सरकारले सन २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि कार्यविधि अभावका कारण पुरा हुन नसकेको उनले बताए । 

Ncell
Extreme Energy

मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको जानकारी दिए । पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दे सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने उनले बताए । 

मन्त्री पाण्डले धेरै कामको सुरुवात गर्ने तर सम्पन्न नगर्ने प्रवृति पर्यटन क्षेत्रमा पनि देखिएको जिकिर गरे । धार्मिक पूर्वाधार निर्माणका लागि धेरै व्यक्तिहरु सहयोगका लागि मन्त्रालय आउने गरेको भन्दै उनले यसका लागि तीनै तहलाई समावेश गर्ने गरि मोडालिटीको खाँचो रहेको धारणा राखे । 

मन्त्री पाण्डेले पर्यटकहरुलाई सहज रुपमा नेपाल भ्रमण गर्न सक्ने गरि सवैले व्यहारमा नै वातावरण बनाउनुपर्ने भन्दै पर्यटन बोर्डले आतिथ्य दूतको भूमिका निर्वाह गर्न सक्नुपर्नेमा जोड दिए । 

उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात गर्दै अन्तरराष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

पाण्डेले विज्ञप्ति जारी गर्नुअघि उनलाई प्रधानमन्त्री बालेन शाहको टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर घटनाका बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।
ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

अहिले बजारमा ग्यासको हाहाकार भएपछि संसदीय समितिले छलफल चलाउने भएको छ ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै

पाँच वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै,  विपक्षी दलले ल्याएको सुकुमवासीसम्बन्धी जरुरी महत्वको प्रस्तावमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, विपक्षी दलले ल्याएको सुकुमवासीसम्बन्धी जरुरी महत्वको प्रस्तावमाथि छलफल हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।