नेभिगेशन
सबै कुरा

सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकको रूपमा मनाउने सरकारकाे तयारी

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकको रूपमा मनाउने तयारी भइरहेको बताएका छन् । 

नेपाल पर्यटन बोर्डको वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले सरकारले सन् २०२५ देखि २०३५ लाई पर्यटक दशकको रूपमा मनाउने भन्दै त्यसको तयारी भइरहेको बताएका हुन् । यसअघि नेपाल सरकारले सन २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि कार्यविधि अभावका कारण पुरा हुन नसकेको उनले बताए । 

मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको जानकारी दिए । पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दे सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने उनले बताए । 

मन्त्री पाण्डले धेरै कामको सुरुवात गर्ने तर सम्पन्न नगर्ने प्रवृति पर्यटन क्षेत्रमा पनि देखिएको जिकिर गरे । धार्मिक पूर्वाधार निर्माणका लागि धेरै व्यक्तिहरु सहयोगका लागि मन्त्रालय आउने गरेको भन्दै उनले यसका लागि तीनै तहलाई समावेश गर्ने गरि मोडालिटीको खाँचो रहेको धारणा राखे । 

मन्त्री पाण्डेले पर्यटकहरुलाई सहज रुपमा नेपाल भ्रमण गर्न सक्ने गरि सवैले व्यहारमा नै वातावरण बनाउनुपर्ने भन्दै पर्यटन बोर्डले आतिथ्य दूतको भूमिका निर्वाह गर्न सक्नुपर्नेमा जोड दिए । 

उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात गर्दै अन्तरराष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...