नेभिगेशन
सबै कुरा

बामदेव गौतम र माधव नेपालबिच एकतावद्ध भएर अघि बढ्ने सैद्धान्तिक सहमति

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता अभियानबीच एकतावद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको छ । बुधबार समाजवादीको पार्टी कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेता र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसहितका नेताहरुबीच भएको छलफलका क्रममा छिटै एकतावद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको हो ।

सो क्रममा अभियानकाकतर्फबाट एकतामा समाहित हुने नेताहरुको जिम्मेवारीका सन्दर्भमा छलफल भएको थियो । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकताका लागि दुईपक्षीय समझदारीलाई अघि बढाउने बिषयमा छलफल भएको जानकारी दिए । एकताका लागि धेरै समय कुर्न नपर्ने भन्दै उनले त्यसपछि नै समझदारीका बिषय सार्वजनिक गर्ने उल्लेख गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले राजनीतिक, बैचारिक र सैद्धान्तिक बिषयका साथै बिभिन्न बिषयमा दुई पक्षबीच छलफल भएको जानकारी दिए । पार्टीलाई एकतावद्ध गरेर गति दिने बिषयसम्मको छलफल भएको भन्दै उनले एकताबद्ध हुने बिषयमा सैद्धान्तिक समझादारी भएको बताए । 

उनले एकताका लागि मिलाउनुपर्ने बिषयमा निरन्तर छलफल गर्दै छिटै एकताको प्रक्रिया टुङ्गो लगाउने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...