नेभिगेशन
सबै कुरा

बामदेव गौतम र माधव नेपालबिच एकतावद्ध भएर अघि बढ्ने सैद्धान्तिक सहमति

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता अभियानबीच एकतावद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको छ । बुधबार समाजवादीको पार्टी कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेता र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसहितका नेताहरुबीच भएको छलफलका क्रममा छिटै एकतावद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा अभियानकाकतर्फबाट एकतामा समाहित हुने नेताहरुको जिम्मेवारीका सन्दर्भमा छलफल भएको थियो । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकताका लागि दुईपक्षीय समझदारीलाई अघि बढाउने बिषयमा छलफल भएको जानकारी दिए । एकताका लागि धेरै समय कुर्न नपर्ने भन्दै उनले त्यसपछि नै समझदारीका बिषय सार्वजनिक गर्ने उल्लेख गरे ।

Ncell
Extreme Energy

त्यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले राजनीतिक, बैचारिक र सैद्धान्तिक बिषयका साथै बिभिन्न बिषयमा दुई पक्षबीच छलफल भएको जानकारी दिए । पार्टीलाई एकतावद्ध गरेर गति दिने बिषयसम्मको छलफल भएको भन्दै उनले एकताबद्ध हुने बिषयमा सैद्धान्तिक समझादारी भएको बताए । 

उनले एकताका लागि मिलाउनुपर्ने बिषयमा निरन्तर छलफल गर्दै छिटै एकताको प्रक्रिया टुङ्गो लगाउने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...

भर्खरै