नेभिगेशन
समाज

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ः०० बजे नदीमा पानीको सतह ८ दशमलव ९८ मिटर पुगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीले देवघाटस्थित जलमापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ । केन्द्रका अनुसार देवघाटमा पानीको सतह निरन्तर बढ्दो क्रममा रहेको छ । नदीमा ७ दशमलव ३ मिटर पानीको सतह पुग्दा चेतावनीको तह मानिन्छ । 

Ncell
Extreme Energy

नदीले शुक्रबार राति नै चेतावनीको तह पार गरेको केन्द्रले जनाएको छ । नदीमा पानीको बहाब बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिए । 

“बाढीको जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्ने, नदी किनारमा नजान माइकिङ गर्नेलगायत कामहरू भइरहेका छन्”, उनले भने, “जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका नारायणी नदीको बाढीको जोखिममा रहेका पालिका हुन् ।” 

त्यस्तै, बौदिकाली र बुलिङटार गाउँपालिका कालीगण्डकी नदीको बाढी तथा पहिराको जोखिममा रहेका भन्दै प्रजिअ उपाध्यायले प्रभावितलाई सुरक्षित स्थानमा राख्ने काम भएको बताए । बाढी र पहिराबाट प्रभावितको उद्धार तथा राहतका लागि जिल्लाका सुरक्षा नियकायलाई ‘हाई अलर्ट’मा राखिएको उपाध्यायले जानकारी दिए । 

“हामीले जिल्लामा विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका सबै प्रयास गरेका छौँ”, उनले भने, “विपद् आइहालेमा उद्धार र राहतका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा राखेका छौँ ।”

नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्माण गरिएको गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको छ । नारायणी नदीमा पानीको बहाव चेतवानीको तह पार गरेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको हो । इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश पालले गण्डक ब्यारेज वाल्मीकि नगरलाई उदृत गर्दै दिनुभएको जानकारीअनुसार हाल ब्यारेजमा पानीको सतह तीन लाख ४०० क्युसेक पुगेको छ । 

ब्यारेजमा पानीको सतह तीन लाख क्युसेक पुगेपछि चेतावनीको तह मानिने पालले बताए । नारायणी नदीमा पानीको बहाब बढेपछि शुक्रबार रातिदेखि नै गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको पालले जानकारी दिए । नदीमा बाढी आएसँगै नदीबाट निकालिएको नेपाल र भारततर्फको दुवै नहरमा पानी पूर्णरूपमा बन्द गरिएको पालको भनाइ छ । 

ब्यारेजमा पानीको सहत बढ्दै गरेको उल्लेख गर्दै पालले ब्यारेजको माथिल्लो पानीको सतह ३५९।२ फिट तथा तल्लो पानीको सतह ३५७.६ फिट पुगेको जानकारी दिए । ब्यारेजमा पानीको बहाब बढ्न थालेपछि सुस्ताको जमिन डुबानमा परेको भन्दै पालले बाढी प्रभावितलाई सुरक्षित स्थानमा लैजाने काम गरिएको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

सडक भासिएसँगै सोलुखुम्बुबाट काठमाडौँ तथा कोशी प्रदेशको राजधानी विराटनगरतर्फ जाने र ती क्षेत्रबाट सोलुखुम्बु भित्रिने यातायात सेवा प्रभावित भएका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । उनका...
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। संगठनलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउने तथा बदलिँदो राष्ट्रिय...
कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा आयोजना हुँदै छ । २०८३ असोज १६ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह हुनेछ छ । सो कार्यक्रमका लागि शिर्ष नेताहरुलाई निमन्त्रणा दिइएको...

भर्खरै