नेभिगेशन
सबै कुरा
एसीसी यू-१९ प्रिमियर कप :

इरानमाथि नेपालको सानदार जित

उन्नाइस वर्षमुनि एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको छ । मलेसियाको बान्गीमा आज भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेकोे हो । जितका लागि तीन सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इरानका लागि आमेर खोर्सन्दले ३७ रन बनाए । उनले २२ बलमा एक चौका र पाँच छक्कासहित ३७ रन बनाएका हुन् । साबेर इब्राहिमपुर ४३ बलमा एक चौकासहित ११ रनमा नटआउट रहे । त्यसबाहेक अन्य इरानी ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

Ncell
Extreme Energy

इरानलाई सस्तैमा समेट्नेक्रममा नेपालका दीपेश कँडेल र सुवास भण्डारीले समान तीन तीन विकेट लिए । त्यस्तै हेमन्त धामी र आकाश चन्दले समान दुई दुई विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै तीनसय ५३ रनको योगफल बनाएको थियो । नेपालको इनिङमा कप्तान देव खनालले सतक प्रहार गरे भने दीपक बोहरा र दीपकप्रसाद डुम्रेले अर्धसतक बनाए ।

तेस्रो नम्बर क्रिजमा आएका कप्तान देवले ५०औँ बल खेल्दै १२ चौका र चार छक्काको मद्दतमा एक सय रनको योगदान दिएका हुन् । त्यस्तै दीपक बोहराले ५९ बलमा ६५ रन बनाए । उनले चार चौका र दुई छक्का हिर्काएका थिए । पाँचौँ नम्बर क्रिजमा पुगेका दीपक डुम्रेले ४४ बलमा ६९ रन बनाए । देव र दीपकले तेस्रो विकेटका लागि एक सय ६६ रनको साझेदारी गरेका थिए । 

यसैगरी दीपेश कंँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ रन तथा सुभास भण्डारीले १८ रन जोडे । इरानका दद्रहमान राइसीले र सलमान निज्मान्दले समान तीन तीन विकेट लिए भने शेखी र जियाद राइसीले समान दुई दुई विकेट लिएका थिए । अब नेपालले दोस्रो खेल यही असोज २८ गते बहराइनसँग खेल्नेछ

प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा एसियाका विभिन्न १६ एशोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । सो प्रतियोगितालाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा  नेपालसहित बहराइन, साउदी अरेविया र इरान छन् भने समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन छन् । त्यसैगरी समूह ‘सी’ मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया जापान र इन्डोनोसिया छन् । प्रतियोगिताका शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू१९ एसिया कप खेल्न पाउनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।