नेभिगेशन
सबै कुरा

स्वर्णलक्ष्मी सहकारीकाे रकम अपचलन आराेपमा ३९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी रकम अपचलन प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध १ अर्ब साढे १९ करोड बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो।

Ncell
Extreme Energy

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखरामा थुनछेक बहस चलिरहेको छ । सोही बेला काठमाडौँमा पनि उनीविरुद्ध मुद्दा दायर भएको हो । उनीविरुद्ध सहकारी ठगीमा ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा बिगो कायम गरिएको छ।

कास्की प्रहरीले उनीहरुमध्ये केहीलाई सम्पत्ति सुद्धीकरणको मुद्दा दायर गरेपनि काठमाडौँमा भने कसैलाई पनि सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छैन। 

जिल्ला सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित छविलाल जोशी, जीबी राई, देवेन्द्रबाबु राई, कुमार रम्तेल, इरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रविना रिमाल, दिपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, सविता लामा,  प्रदीप लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा लगायतलाई प्रतिवादी बनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...

भर्खरै