नेभिगेशन
सबै कुरा

लोक सेवा आयोगको विश्वसनीयता अभिवृद्धिमा मेहनत गर्न राष्ट्रपतिको सुझाव

काठमाडााैँ : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक प्रशासनलाई स्वच्छ, मर्यादित, पारदर्शी, समावेशी र जनउत्तरदायी बनाउन लोक सेवा आयोग सफल हुने विश्वास व्यक्त गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै उनले योग्यता प्रणालीको संरक्षकका रूपमा रहेको आयोगको विश्वसनीयतामा अभिवृद्धिका लागि  मेहनत गर्न सुझाव दिएका हुन् । 

Ncell
Extreme Energy

नेपालको संविधानले निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने गहन जिम्मेवारी आयोगलाई दिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा समेत पदपूर्तिका लागि लिखित परीक्षा स्वयं आयोगले नै गर्नेगरी कार्य क्षेत्रमा व्यापक विस्तार भएको बताए । 

नेपाली जनताको आस्था र विश्वासको धरोहरका रूपमा रहेको संवैधानिक निकाय लोक सेवा आयोगले गरेको कार्य सराहनीय रहेको जनाउँदै उनले आगामी दिनमा समेत आफ्नो क्षमता अभिवृद्धि गरी अझ प्रभावकारीरूपमा कार्यसम्पादन योग्य, सक्षम र दक्ष जनशक्ति छनोट गर्दै जाने विश्वास व्यक्त गरे । कामकारबाहीलाई जनमुखी र पारदर्शी बनाउन तथा उम्मेदवारको सहभागितामा वृद्धि गर्न आयोगले गरेको कामबाट आफूलाई खुसी लागेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आयोगको छवि सधैँ स्वच्छ र निश्चल रहोस् भन्ने कामना गरेका छन्। 

समारोहमा आयोगका अध्यक्ष माधव रेग्मीले संविधानले प्रदान गरेको भूमिकालाई निष्पक्षता, वस्तुनिष्ठता र विश्वसनीयता प्रवद्र्धन हुने गरी कामकारबाही अगाडि बढाइएको बताए । योग्यता प्रणालीलाई राज्यका रहेक तहमा संस्थागत, प्रवर्धन एवं सम्वद्र्धन गर्ने कार्यमा आयोगले नेतृत्वदायी ढङ्गले समन्वयात्मक प्रयत्न जारी राखेको उनको भनाइ छ । अध्यक्ष रेग्मीले आयोगको गरिमालाई अझ सुदृढ बनाउने, परम्पारगत परीक्षा र परीक्षण विधिमा सुधार ल्याउने, विश्वनसनीयता बढाउने र गुणस्तरको खोजी गर्नेका ममा आयोग योजनाबद्ध ढङ्गले अगाडि बढिरहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...