नेभिगेशन
सबै कुरा

बारा बस दुर्घटना अपडेट: मृतक र घाइतेका विवरण

बारा र मकवानपुरको सिमाना चुरिया मन्दिर नजिक एक तिर्थ यात्री बोकेको बस दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । बारा बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या सात पुग्याे

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बारा प्रहरीका अनुसार मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृत्यु हुनेहरुमा महोत्तरीको लोहार पटीका ४१ वर्षीय को बिजय लाल पण्डित, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, राजस्थानकै ६५ वर्षीया  मिरा देबी, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी र ६७ वर्षीया वैजन्ती देवी रहेका छन् । 

Ncell
Extreme Energy

घाइते हुनेहरुमा भने महोत्तरीको जलेश्वरकी ३८ वर्षीय बिहारी मुखीया, राजस्थानका ४८ वर्षीय घनश्याम चतुरबेदी,   धनुषा मौवाका ४१ वर्षीय घुरन मण्डल रहेका छन् । 

यस्तै महोत्तरी लोहारपटिका जसबेन्दर पासवान, भारतको राजस्थानका ४८ वर्षीय घनश्याम चतुरबेदी, राजस्थानकै  ५३ वर्षीया माया देबी, ३५ वर्षीय अनिल कुमार,  ५० वर्षीया तारा वती चतुरबेदी र उनका नातिनि ९ वर्षीया क्रितिका चतुरबेदी घाइते छन् । 

यस्तै राजस्थानकै  श्याम लाल माली, हरवारी माली, चौथी देबी, सुरेस चन्द्र चक्रवती, राम प्रसाद, धरम सिहं, ईन्दु धाकद, गर्बिदा चतुरबेदी, राम कुमार चतुरबेदी घाइते भएका छन् । 

उनिहरुको उपचार चलिरहेको छ जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बसका चालक र सहचालक भने प्रहरी नियन्त्रणमा छन् । 

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भन्यो– चिनी ११० रुपैयाँमा बिक्री भइरहेको छ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भन्यो– चिनी ११० रुपैयाँमा बिक्री भइरहेको छ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको बताएको छ।
यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो।
प्रतिवेदन लेख्न भेला हुँदैथे तीन नेता, ओलीले बोलाए गुण्डु

प्रतिवेदन लेख्न भेला हुँदैथे तीन नेता, ओलीले बोलाए गुण्डु

नेकपा एमालेभित्र पुनर्गठनको मुद्दा पुनः पेचिलो बनेको छ।
बाढी प्रभावित नुवाकोट र रसुवामा सिएमसीको २१ सदस्यीय चिकित्सक टोली

बाढी प्रभावित नुवाकोट र रसुवामा सिएमसीको २१ सदस्यीय चिकित्सक टोली

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बाढी प्रभावित नुवाकोट र रसुवामा विशेषज्ञ चिकित्सकसहित २१ सदस्यीय स्वास्थ्य टोली पठाएको छ।