नेभिगेशन
समाज

बाढी प्रभावित नुवाकोट र रसुवामा सिएमसीको २१ सदस्यीय चिकित्सक टोली

चितवन  । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बाढी प्रभावित नुवाकोट र रसुवामा विशेषज्ञ चिकित्सकसहित २१ सदस्यीय स्वास्थ्य टोली पठाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्पतालले आज पठाएको टोलीले असोज ५ गतेसम्म बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा पुगेर निःशुल्क स्वास्थ्य उपचार सेवा दिनेछ।

Marvel
Extreme Energy

टोलीको नेतृत्व गरेका डा. वीरेन्द्र राउतका अनुसार टोलीमा मुटुरोग, जनरल मेडिसिन, हाडजोर्नी तथा मनोरोगलगायतका विशेषज्ञ चिकित्सक छन्।

टोलीले भिडियो एक्सरे, युरिनरी आर/ई, पीएफटी, ल्याब परीक्षणलगायत स्वास्थ्य सेवा प्रदान गर्नेछ। परीक्षणका क्रममा आवश्यक पर्ने औषधिसमेत बिरामीलाई निःशुल्क उपलब्ध गराइने अस्पतालले जनाएको छ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले आवश्यक देखिए थप चिकित्सक टोली पठाइने बताए। अहिले गएको टोलीले पाँच दिन सेवा दिने र बाढी प्रभावित क्षेत्रको अवस्था हेरेर अर्को टोली पठाउने वा यही टोलीलाई थप समयसम्म परिचालन गर्ने निर्णय गरिने उनले बताए।

“बाढीपछि हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै हामीले स्वास्थ्य टोली पठाएका हौँ,” देवकोटाले भने।

उनका अनुसार सरकारी निकायसँग समन्वय गरेर आवश्यक देखिएका स्थानमा स्वास्थ्य सेवा प्रदान गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।