नेभिगेशन
समाज

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भन्यो– चिनी ११० रुपैयाँमा बिक्री भइरहेको छ

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको बताएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी पहिरोका कारण आपूर्ति अवरोध हुँदा चिनीको मूल्य बढेको भन्ने उपभोक्ताको गुनासोलाई विभागले खारेज गरेको हो। 

Ncell
Extreme Energy

‘पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गई बाटो अवरुद्ध भएको र भारतले चिनी निकासी प्रतिबन्ध लगाएको समेतका कारणबाट चाडपर्वमा बढी खपत हुने अत्यावश्यक खाद्य वस्तु चिनीको अभाव भएको भन्ने विषय विभिन्न संचार माध्यमवाट प्रकाशन भएका छन्,’ विभागले भनेको छ, ‘यसै सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका माननीय मन्त्रीज्यूको अध्यक्षतामा मिति २०८३÷०५÷३० सरोकारवालाहरुसँग बसेको बैठकबाट भाटभटेनी, विगमार्ट, सेल्सबेरी समेतका काठमाडौं उपत्यकाका एक हजार भन्दा बढी बिक्री केन्द्रहरुबाट प्रति केजी रु. ११० मा चिनी सर्वसुलभ रुपमा बिक्री वितरण भइरहेको व्यहोरा सवै उपभोक्ताहरुमा जानकारी गराइन्छ।’

विभागले चिनीको सहज एवं पर्याप्त आपूर्ति भईरहेको हुँदा आम उपभोक्तालाई अधिक सञ्चय नगर्न पनि आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चिलिमेमा चार र अप्पर त्रिशूलीमा  भेटिए पाँच शव

चिलिमेमा चार र अप्पर त्रिशूलीमा भेटिए पाँच शव

चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खनन्का क्रममा विद्युत् गृह क्षेत्रबाट आज तीन वटा सग्लो र एउटा मानव अङ्ग फेला परेको छ ।
मन्त्री चौधरीले किन गरिन् कोरला नाकाको स्थलगत निरीक्षण?

मन्त्री चौधरीले किन गरिन् कोरला नाकाको स्थलगत निरीक्षण?

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चीनसँगको सीमा जोडिएको कोरला नाकाको स्थलगत निरीक्षण गरेकी छन् ।
यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो।
प्रतिवेदन लेख्न भेला हुँदैथे तीन नेता, ओलीले बोलाए गुण्डु

प्रतिवेदन लेख्न भेला हुँदैथे तीन नेता, ओलीले बोलाए गुण्डु

नेकपा एमालेभित्र पुनर्गठनको मुद्दा पुनः पेचिलो बनेको छ।