नेभिगेशन
समाज

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ स्थित साघुँरी चुरे जंगलबाट सशस्त्र प्रहरीले १ सय ३० किलो गाँजा बरामद गरेको छ। बुधबार बिहान करिब २ः३० बजे मोटरसाइकल गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।

Ncell
Extreme Energy

पौडेलका अनुसार १० जना सुरक्षाकर्मी मोटरसाइकल गस्तीमा रहेका बेला प्लास्टिकका झोलामा प्याक गरी बोकेको अवस्थामा गाँजा फेला परेको हो। सुरक्षाकर्मीलाई देखेपछि तस्करहरू गाँजा छाडेर फरार भएकाले उनीहरूलाई पक्राउ गर्न भने नसकिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कटारीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

कटारी क्षेत्रमा केही दिनअघि पनि प्रहरीले १३ सय २१ किलो गाँजासहित दुई जनालाई टिपर र बोलेर सहित पक्राउ गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।