नेभिगेशन
समाज

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ स्थित साघुँरी चुरे जंगलबाट सशस्त्र प्रहरीले १ सय ३० किलो गाँजा बरामद गरेको छ। बुधबार बिहान करिब २ः३० बजे मोटरसाइकल गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।

Ncell
Extreme Energy

पौडेलका अनुसार १० जना सुरक्षाकर्मी मोटरसाइकल गस्तीमा रहेका बेला प्लास्टिकका झोलामा प्याक गरी बोकेको अवस्थामा गाँजा फेला परेको हो। सुरक्षाकर्मीलाई देखेपछि तस्करहरू गाँजा छाडेर फरार भएकाले उनीहरूलाई पक्राउ गर्न भने नसकिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कटारीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

कटारी क्षेत्रमा केही दिनअघि पनि प्रहरीले १३ सय २१ किलो गाँजासहित दुई जनालाई टिपर र बोलेर सहित पक्राउ गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चिलिमेको सुरुङमा भेटियो ३ शव, थप खोजी जारी

चिलिमेको सुरुङमा भेटियो ३ शव, थप खोजी जारी

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला परेको छ ।
अर्थसमितिद्वारा नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसहमत पास

अर्थसमितिद्वारा नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसहमत पास

समिति सभापति बुढाथोकीले विधेयकमाथि आफ्ना थप धारणा वा संशोधनलाई अर्थ समिति सचिवालयमा लिखित रूपमा अभिलेख गराउन सकिने व्यवस्था रहेको जानकारी दिए ।
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

विभिन्न कम्पनीका एक करोड ५१ लाख एक हजार ५५५ कित्ता शेयर रु पाँच अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मूल्यमा खरिद बिक्री भएको छ । सबै...
तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।