नेभिगेशन
समाज

प्रतिवेदन लेख्न भेला हुँदैथे तीन नेता, ओलीले बोलाए गुण्डु

काठमाडौं । नेकपा एमालेभित्र पुनर्गठनको मुद्दा पुनः पेचिलो बनेको छ। उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल नेतृत्वको विषयमा चलिराखेको छलफल स्थगित गर्न र नीतिबारे परिमार्जन गरेर जान तयार भएका बेला कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’मार्फत नेताहरूको मानमर्दन गरिएको भन्दै तीन जना नेता रूष्ट छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत शुक्रबारबाट सुरू भएको कार्यदल बैठकमा बादल र महासचिव पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका थिए। सोमबार बल्थलीमा सकिएको बैठकले यी दुई प्रतिवेदनलाई एक बनाउने जिम्मा बादल, विष्णु पौडेल र महासचिव पोखरेललाई दिएको थियो।

Ncell
Extreme Energy

उनीहरूलाई दुई दिनभित्र छलफल सकेर प्रतिवेदनलाई अन्तिम रूप दिन भने पनि बुधबारसम्म बैठक बसेको थिएन। बुधबार साँझ बैठक बस्ने तयारी गरिरहँदा अध्यक्ष केपी शर्मा ओलीले तीनै जना नेतालाई गुण्डु बोलाएका छन्।

‘कार्यदलका संयोजक बादल गुण्डु पुगिसक्नु भएको छ,’ एक नेताले भने, ‘महासचिव पोखरेल र उपाध्यक्ष पौडेल जानुभएको छैन।’

बल्थली छलफलमा पनि अध्यक्ष ओलीले बादललाई पटकपटक फोन गरेर विशेष महाधिवेशनमा सम्झौता नगर्न निर्देशन दिएका थिए।

प्रतिवेदनलाई अन्तिम रूप दिने बेला पनि अध्यक्ष ओलीले तीनै जना नेतालाई गुण्डु बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भन्यो– चिनी ११० रुपैयाँमा बिक्री भइरहेको छ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भन्यो– चिनी ११० रुपैयाँमा बिक्री भइरहेको छ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको बताएको छ।
यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो।
बाढी प्रभावित नुवाकोट र रसुवामा सिएमसीको २१ सदस्यीय चिकित्सक टोली

बाढी प्रभावित नुवाकोट र रसुवामा सिएमसीको २१ सदस्यीय चिकित्सक टोली

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बाढी प्रभावित नुवाकोट र रसुवामा विशेषज्ञ चिकित्सकसहित २१ सदस्यीय स्वास्थ्य टोली पठाएको छ।
यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ

यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ

हेटौंडा उपमहानगरपालिका–३ लेवटस्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुवाहक बसमा ढुंगा प्रहार गरी यात्रुसमेत घाइते बनाएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।